Prithvi Post

सिन्धुपाल्चोक । फूर्के सल्ला सामुदायिक वन उपभोक्ता समूहको हेलम्बु गाँउपालिका वडा नम्बर ४ सिन्धुपाल्चोकको ७ औं साधारणसभा र अधिवेशनले नयाँ नेतृत्व चयन गरि सम्पन्न भएको छ । सो अधिवेशनबाट गोशरबहादुर कार्की अध्यक्षमा निर्वाचित हुनुभएको छ भने, नानीबहादुर देउजा उपाध्यक्ष, बालकुमारी देउजा सचिब, सन्चमान तामाङ कोषाध्यक्ष, र कालुमान तामाङ सहसचीवको पदमा चयन हुनुभएको बताइएको छ ।

यसैगरी सोही अधिबेशनबाट सदस्यहरुमा क्रमशः केशव भट्टराई, आशाराम तामाङ, रामहरी लामिछाने, कलावती थापा, र लक्ष्मी लामिछाने र आशाराम तामाङ, निर्वाचित भएका छन्। नयाँ नेतृत्वका सदस्यहरूले सामुदायिक वनको विकास र संरक्षणका लागि समर्पित भावनासहित काम गर्ने प्रतिवद्धता जनाएका छन्।

सो कार्यक्रममा हेलम्बु गाउंंपालिका वडा नम्बर ४ का वडा सदस्य, सिता सुनुवारले प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालद्वारा सहजिकरण गरिएको बताउनु भएको छ । सामुदायिक वन उपभोक्ता समूहको यो बैठकले स्थानीय प्राकृतिक स्रोतको संरक्षण र व्यवस्थापनमा अझ प्रभावकारी कदम चाल्नका लागि उपभोक्तासँगको समन्वयमा महत्त्वपूर्ण भूमिका निभाउने अपेक्षा गरिएको निर्वाचन अधिकृत खिलप्रसाद लामिछानेले बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0