Prithvi Post

४ कार्तिक २०८२, सोमबार

काठमाडौं । धरान उपमहानगरपालिकाको बजेट नेकपा एमालेद्वारा बहिष्कार गरेपनि मेयर हर्क साम्पाङ राईले कार्यपालिकामा भएको अल्पमतबाटै बजेट अनुमोदन भएको घोषणा गर्नुभएको छ । गत असार १० गतेसम्म बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता भएपनि आन्तरिक किचलोले धरानको बजेट २ महिना ढिलागरि ल्याउन बसेको कार्यपालिकामा सहमती नजुटेपनि मेयर राईले आफु निकट जप्रतिनिधिको रोहवरमा बजेट अनुमोदन गरेको आरोप एमालेले लगाएको छ । अहिले मेयर हर्क साम्पाङ, उपमेयर आइन्द्रविक्रम बेघा, कांग्रेस, माओवादी र राप्रपाका जनप्रतिनिधि एकठाउँ उभिएर बजेट अनुमोदन गरेको घोषणा गरेको बताइएको छ ।

गएको शुक्रबार कार्यपालिका बैठकमा सहमति जुटेको थिएन । बैठकमा एमाले नगर कार्यदलका प्रमुख सचेतक अनुप देवान र धरान १० का वडाध्यक्ष विवेक राईले बजेट पुनर्लेखन गरेर पेस गर्नुपर्ने मागसहित ५ बुँदे जानकारी पत्र दिएर बैठक बहिस्कार गरेका थिए । १५ जना कार्यपालिका सदस्य बैठक बहिष्कार गरेर छाडेर हिँडेको र बजेट अनुमोदन गरेको मेयर साम्पाङको दाबी रहेको छ । एमालेका जनप्रतिनिधि बाहिरिए पछि मेयर, उपमेयर र वडाध्यक्ष गरी ११ जनाको उपस्थितिमा बजेट अनुमोदनको निर्णय गरिएको मेयर राईले बताउनु भएको छ ।

उपमेयर आइन्द्रविक्रम बेघाले अब सिलिङका आधारमा बजेट ब्रेक डाउन गरेर अर्को कार्यपालिका बैठकमा पेस गर्ने र नगरसभाबाट पारित गर्ने बताउनु भएको छ । धरान उप महानगरले ल्याउन लागेको घाटा बजेट स्वीकार गर्न नसक्ने एमालेले जनाएको छ । स्रोत अनुमान तथा बजेट सिलिङ समितिमा सदस्यसमेत रहेकी एमाले नगर संसदीय दलकी प्रमुख सावित्री परियारले घाटा बजेट ल्याउने विषयमा सहमति हुन नसक्ने बताउनु भएको छ ।

समिति बैठकमा सुरूदेखि नै यही कुरा उठाएको, तर सम्बोधन नभएको उहाँको भनार्इ रहेको छ । राजश्व परामर्श समितिले १ अर्ब ६० करोडले सीमा दिए पनि स्रोत अनुमान र सिलिङ समितिले २ अर्ब २० करोडको बजेट प्रस्ताव गरेको छ । यो बजेट घाटा बजेट भएको भन्दै त्यसमा पनि असहमति रहेको एमालेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0