काठमाडौं । सरकारी कर्मचारीकै संलग्नतामा स्थल र हवाई मार्ग हुदै दैनिक अर्बभन्दा बढीको अबैध सामानको आयात निर्यात हुदै आएको विभिन्न घटनाक्रमले पुष्टी गरेको छ । कर्मचारीसंगको सेटिङ मिल्दा सम्म कुनै अबैध सामानको आयात भन्सार कर्मचारीले चेकजाँच गर्दा भेट्दैन, तर सेटिङ नमिल्दा भन्सार कार्यालयबाट चेकजाँच गरेर बाहिर पुगेपछि प्रहरीले पक्राउ गर्ने गरेको घटना समेत अहिले हामी सामु रहेको छ । त्यसैले भन्सार कर्मचारीको सेटिङमा हुदै आएको अबैध सामानलाई सरकारको अर्को निकाय राजश्व अनुसन्धान विभागको टोलीले पक्राउ गरि हाले पनि भरियामात्र पक्राउ गरेर मुख्य व्यक्तीर्ला भने भगाउने कार्य समेत हुदै आएको छ ।
यसैक्रममा विभागको तयार पारेको तथ्याङ्कमा यस वर्ष भेप (विद्युतीय चुरोट) आयात नभएको उल्लेख गरेको छ, तर प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट भेप सहित पक्राउ गरेको घटनाबाट पनि प्रष्ट हुन्छ भन्सार कर्मचारीको मितिमितोमा भेप भन्सार रेकर्ड नराखी आयात भएका छ भने उता सेटिङ भत्किएकै कारण प्रहरीले अबैध कारोबारीलाई पक्राउ गर्दै आएको छ । अहिलेसम्म प्रहरीले पक्राउ गरेकोमा भरिया बाहेक अरु पक्राउ गर्न सकेको छैन । चाहे त्यो सुनको आयातमा होस चाहे भेपको आयातमा किन नहोस । ठूलो संख्यामा अबैध रुपमा नेपाल भित्राएको सूनको मुख्य व्यक्ती अहिले सम्म पक्राउ गरिएको छैन । सुनमा समेत भरियामात्र पक्राउ गरिएको छ । भने भेपमा समेत सिल्क ग्रुप नामक कम्पनीको मालिक रमेश शेर्पालाई अहिलेसम्म पक्राउ गर्न सकेको छैन शेर्पा अहिले फरार सुिचमा रहेको बताइएको छ ।
शेर्पाले अर्बभन्दा बढीको अबैध रुपमा भेपको आयात गरेर नेपालको बाटो हुदै भारत पु¥याउदै आएका विवादीत व्यापारी हुन । आयात इजाजत नभएको त्यही भेप आजभोलि देशका विभिन्न स्थानबाट ठुलो परिणाममा बरामद भइरहेको छ । आइतबार प्रहरीले काठमाडौँको चमतीबाट तीन हजार ८०५ थान भेपसहित तीन जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका निमा छिरिङ शेर्पा, कृष्णबहादुर गुरुङ, रामबहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ । राजस्व छली गरी भण्डारण गरिएका ती भेप बरामद भएको समेत खुलेको छ । स्कुल कलेजका विद्यार्थीले नै भेपको लतमा फस्दै गएको देखिएपछि जनस्वास्थ्यमा नै गम्भीर असर पर्ने कारण देखाउँदै स्वास्थ्य मन्त्रालयले भेपको कारोबार र ओसारपसारमै प्रतिबन्ध लगाउन माग गर्दै आएको छ ।
चिनियाँ कम्पनीका भेपहरू आयातमा भन्सार र अन्तःशुल्क महँगो भएका कारण गिरोहले तस्करीमार्फत यसको ओसारपसार र कारोबार गरिरहेका छन् । भारत लगायतका ४० मुलुकमा पूर्ण प्रतिबन्धित भेप नेपाल हुँदै तिनै मुलुकहरूमा तस्करी हुदै आएको छ । अन्तर्राष्ट्रिय विमानस्थलबाटै आयात र तस्करी दुवै हुने भेप आयातमा इजाजत नपाउँदा विभिन्न सीमा नाकाबाट तस्करी हुने गरेको छ । गत साता प्रहरीले दैलेखको आठबिसकोट–६, खिड्कीजिउलामा जडीबुटी बोकेको ट्रकभित्र लुकाइछिपाई भारततर्फ तस्करी गर्न लागेको ३९ हजार नौ सय थान भेप बरामद गरेको थियो । नेपाल–चीन नाका हुम्लाको हिल्साबाट राजस्व छली गरी अवैध रूपमा भित्र्याइएको उक्त भेप कैलाश ईश्वर जडीबुटी खरिदबिक्री केन्द्रको ट्रकबाट बरामद भयो ।
केन्द्रका सञ्चालक कुन्साङदोर्जी लामाले उक्त ट्रकमा जम्मा पाँच क्विन्टल सेतक चिनी (जडीबुटीं रहेको भनी वन कार्यालयबाट जाँचपास गराई ल्याएको अवस्थामा ट्रक खानतलासी गर्दा १२ करोड रुपियाँभन्दा बढीको उक्त भेप बरामद भएको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले अवैध भेप बोकेको ट्रकसहित नियन्त्रणमा लिएका तीन जनालाई राजस्व अनुसन्धान विभाग कोहलपुरमा बुझायो तर त्यसमा पनि पक्राउ पर्नेहरू भरिया मात्र रहेका छन् । मुख्य व्यक्ति पक्राउ गर्न सम्बन्धित निकाय असफल हुदै आएको छ। सिल्क ग्रुप नामक कम्पनीले अवैध रूपमा नेपाल ल्याएको खुलेपछि राजस्व अनुसन्धान विभागले कम्पनीका अध्यक्ष रमेश शेर्पासहित १२ जनाविरुद्ध पौने दुई अर्ब रुपियाँ जरिवाना र जेल सजाय माग गर्दै ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । सिल्कले चीनसँगको आयात व्यापारमा करिब एक सय कन्टेनरमार्फत ढुवानी सेवा सञ्चालन गर्दै आएको छ ।
विभागले गत पुस २२ मा सिल्कको गोदाम महालक्ष्मी नगरपालिका–४, शीतलहाइटबाट चोरी पैठारी गरी लुकाइराखेको अवस्थामा ८६ हजार चार सय थान भेप बरामद गरेको थियो । अनुसन्धानबाट सिल्क अन्तर्गतका अन्य विभिन्न पाँच वटा कम्पनीमार्फत ३८ हजार ९२४ थान भेप नेपाल आयात गरेको खुलेको छ । यसबाहेक अन्य सात वटा विभिन्न कम्पनीले तीन लाख १६ हजार ३१५ थान भेप अवैध रूपमा भित्र्याएको खुलेको छ ।त्यसअघि बाराको पथलैयाबाट चार हजार थान र रूपन्देहीको भैरहवाबाट दुई हजार ६३० थान भेप बरामद भयो ।
ती भेप तस्करीमा डायमन्ड नेपाल इन्टरनेसनल कम्पनीका मालिक रोजन न्यौपाने र सनाउल्लाह अन्सारीको संलग्नता खुल्यो । गत वर्षको साउनमा पनि सशस्त्र प्रहरी वीरगन्ज नाकाबाट भारततर्फ तस्करी गर्न लागेको अवस्थामा ४५० थान भेप बरामद भएको थियो । उता भन्सार विभागले विगत एक वर्षदेखि भेपको आयात नभएको तथ्याङक राख्न्दै आएको छ तर बजारमा प्रहरीले भेप सहित भरिया पक्राउ गरि रहेको अबस्थामा विभागको सो तथ्याङक समेत गलत सावित भएको छ । दुई वर्षअघि विमानस्थलबाट भेपभित्र सुन तस्करीमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुललगायत चिनियाँ नागरिकहरूको संलग्नता देखिएको थियो ।
भेपभित्र सुन लुकाएर ल्याएको सुन तस्करीमा संलग्न त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नायव सुब्बा रेवन्त खड्का, सिन्धुपाल्चोकका दिनेश बस्नेत, वेद प्रकाश अग्रवाल, साहेब राव र अमृत कार्की पक्राउ परेका थिए । सिआइबीको अनुसन्धानमा भेपमा ११ ग्रामसम्म सुन लुकाएर ल्याएको खुलेको थियो । नेपाल चीन सीमावर्ती नाकाहरू मुस्ताङको कोरोला, रसुवाको रसुवागडी, सिन्धुपाल्चोकको तातोपानीलगायतबाट गिरोहकै संलग्नतामा अवैध रूपमा ठुलो परिणममा भेप तस्करी हुने गरेको खुलेको छ ।