Prithvi Post

भक्तपुर । भक्तपुरस्थित जेन्यूइन सेकेण्डरी स्कूलको ३० औ वार्षिक उत्सव हुने भएको छ । स्कुल वि.स २०५१ फागुणमा शिक्षा ऐन २०२८ मा गरिएको व्यबस्था अनुसार विधिवत रुपमा स्थापना भएको थियो । स्कुलले मंगलबार पत्रकार सम्मेलन गरी स्कूलले ३० औँ बसन्तमा पर्दापण गरिसकेको जनायो ।


एक सम्पदा, एक विद्यालय

एक सम्पदा एक विद्यालय कार्यक्रम अन्तरर्गत भक्तपुरको एउटा निजी स्कुलले सम्पदाको संरक्षण गर्दै आएको जनाएको छ । विगतका केही बर्षदेखि भक्तपुर नगरपालिकाकाले एक विद्यालय एक सम्पदा घोषणा गरे अनुसार विद्यालयले पोखरी, गःहिती वा मन्दिर परिसरको सरसफाई अभियानलाई निरन्तरता दिदै आएको जनाइयो ।

महाकाली नाचको संरक्षण

धेरै निजी विद्यालयहरु फाइदाकै लागि सञ्चालित हुन्छन् भन्ने धेरैको धारणा छ । तर भक्तपुरका सवै निजी विद्यालयहरु भने त्यस्तो छैन । तीमध्ये एक हो जेन्युइन सेकेण्डरी स्कुल ।यो स्कुलले लाखौं खर्च गरेर यहाँंको स्थानीय महाकाली नाचको संरक्षण गर्दै आएको जनाएको छ । विगत एक बर्षदेखि सक्षम विद्यालयले एक परम्परागत नाचको संरक्षण गर्ने आव्हानलाई मनन गरी महाकाली नाच टोलीको व्यबस्थापन गरिरहेको जानकारी विद्यालयले जनाएको छ ।

व्यबस्थापकीय तथा वितीय पक्षबाट यो नाचको संरक्षण गर्नु सानो कुरा पक्कै होइन, विद्यालयको ३० औं वार्षिकोत्सवबारे जानकारी दिन मंगलबार यहाँं आयोजना गरेको पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजामान विजुक्छेंले भने, यो नाचको लागि हामीले लाखौं खर्च गरिरहेका छौं ।

पत्रकार सम्मेलनमा बार्षिकोत्सव आयोजक मुल समारोह समितिका संयोजक योगेन्द्रमान विजुक्छेंले एउटा विद्यालयले पूरा गर्नुपर्ने प्रमुख दायित्वमा पर्ने शिक्षण क्रियाकलापका अलावा विद्यालय एक सामाजिक दायित्व बोक्ने अवयव समेत भएकोले सामाजिक दायित्वका क्रियाकलापहरुलाई समेत विद्यालयले निरन्तरता दिइरहेको जनाए । यस क्रममा विश्व वातावरण दिवसमा ¥याली गर्ने, भयावह रोगको महामारी ‘हेपाटाइटिस बी’ भक्तपुर शहरमा देखिदा अन्योलको अवस्थामा पर्चा वितरण गरी जनचेतना जगाउने कार्य गरेको उनले सम्झे । साथसाथै देशको सिमाना मिच्दा विशाल विरोध जुलुश प्रदर्शन गरी जिल्लाभरि नै विद्यालयले चर्चा पाएको स्मरण पनि उनले गरे ।


टोल छिमेकमा ढल निकास तथा बाटोघाटो मर्मत सम्भारमा नियमित सहयोग, २०७४ सालमा भक्तपुर नगरपालिकाबाट स्थानीय पाठ्यक्रम निर्माण कार्यदलको सचिवालयको रुपमा विद्यालयमा स्थान उपलब्ध तथा विद्यालयका प्रिन्सिपल स्वयं कार्यदलका संयोजक भएकाले अन्य आवश्यक चाजोपाजो र व्यबस्थापनमा सहयोग गरिरहेको जानकारी पत्रकार सम्मेलनमा गराइयो ।

विगतका केही बर्षदेखि भक्तपुर नगरपालिकाको एक सम्पदा एक विद्यालय अन्तरर्गत सम्पदा पोखरी, गःहिती वा मन्दिर परिसरको सरसफाई अभियानलाई निरन्तरता दिदै आएको पनि जनाइयो ।

विद्यालयले बार्षिकोत्सवको क्रममा भक्तपुर जिल्लामा बिद्यालयहरुस्तरीय मादल प्रतियोगिता हुने पनि पत्रकार सम्मेलनका स्कुलका प्रिन्सिपल राजन धौभडेलले बताए । साथै गायनमा राष्ट्रगीत (राष्ट्र प्रेम र राष्ट्रि भावनाले ओटप्रोट गीतहरु मात्र) प्रतियोगिता पनि हुने भएको उनले जनाए । साथै सम्पदा संरक्षण र त्यससंग सम्बन्धित अध्ययन अनुसन्धानमा सक्रिय एक युवालाई ‘जेस सस्कृति सम्पदा सिरपा २०८२’ बाट पुरस्कृत गर्ने कार्य गरिने भएको उनले बताए ।

कार्यक्रमको उद्घाटन बुद्ध शिक्षा र दर्शनको सेमीनारबाट २५ असोजमा थालनी गर्ने तथा अन्य सम्पूर्ण कार्यक्रम र क्रियाकलापहरु कात्र्तिक १ गतेभित्र सम्पन्न गरी भव्य समापन समारोह तिहारको लगतै अथवा कात्र्तिक ८ वा १० गते सम्पन्न गर्ने योजन रहेको जानकारी गराइयो । वार्षिकोत्सवको क्रममा बुद्ध शिक्षा र दर्शनका विविध पक्षलाई समेटेर कलेज र स्कूलमा अध्यापन र लेखन कार्यमा सक्रिय शिक्षक लक्षित दुइदिने सेमिनार हुने पनि जनाइयो ।

साथै विद्यालयको स्थापना कालदेखि निरन्तर प्रकाशन हुदै आएको विद्यालयको बुलेटिन प्रकाशितमा प्रकाशित शिक्षक, विद्यार्थी तथा शुभचिन्तक बिद्धान मित्रहरुका आलेखहरुलाई संकलन गरी ५ छुटाछुटै पुस्तिकाहरुको प्रकाशन हुने पनि जनाइयो । साथसाथै, विद्यालयमा लामो समय सेवा गरेका शिक्षक तथा कर्मचारिहरुको सम्मान, समाजिक कार्यमा संलग्न तल्लोस्तरमा कार्य गर्दै आएका केही व्यक्तिहरुलाई सम्मान, वाद्यवादनमा १३ बर्षसम्म वा कक्षा आठ सम्मका विद्यार्थीहरुलाई सम्मान पनि गरिने जनाइयो ।

पानी बाजेलाई सम्मान गरिने

वार्षिकोत्सवको अवसरमा पानी बा अर्थात् काठमाडौ उपत्यकामा हुने जुनसुकै जात्रापात्रा, आन्दोलनलगायतका कार्यक्रमहरुमा पानी खुवाउने भक्तपुर क्वाठण्डौंका पानी बाजेलाई सम्मान गर्ने वार्षिकोत्सव मुल समारोह समितिका संयोजक योगेन्द्रमान विजुक्छेंले जानकारी दिए ।

यस्तो छ इतिहास

स्थापनाको पहिलो बर्ष कक्षा ९ बाट शुरु भएको यस विद्यालयमा तेस्रो बर्षमा नै ६ कक्षादेखि १० सम्म र विस २०६१ सम्ममा किण्डरगार्टेन तहदेखि नै नियमित पठनपाठन भएको थियो । यस तीन दशकको अवधिमा विद्यालयले गरेका शिक्षण क्रियाकलापका गतिविधिको समीक्षा गर्दा प्रचलित मान्यतलाई मात्र नपछ्याइ आफूहरुले अन्तर्राष्ट्रिय अभ्यासहरुलाई पनि अपनाउने प्रयास गर्दै आएको जनाइयो ।

पूर्व प्राथमिकदेखि खेल्दै सिक्दै

पूर्व प्राथमिक कक्षाहरुमा खेल्दै सिक्ने एबिथधबथ : भतजयम अथवा मन्टेश्वरी विधिको साँचो अभ्यास, काठमाण्डु विश्वविद्यालयको परियोजनामा आधारित सिकाई सुरु गरेको दावी गरियो ।

कम्प्युटर कक्षा सुरु गर्ने भक्तपुरकै पहिलो स्कुल

स्थापनाको दोस्रो बर्षमा कम्प्यूटर कक्षालाई समावेश गर्दा भक्तपुर जिल्लामै कम्प्यूटर कक्षा सञ्चालन गर्ने पहिलो स्कुल नै भएको सम्मेलनमा बताइयो । स्थापना कालदेखि शिक्षक तथा विद्यार्थीहरुले आफ्नो लेखन प्रतिभालाई तिखारोस् भनी स्कूल बुलेटिन जेनिस इन्फो बुलेटिन न्भकक क्ष्लाय(द्यगििभतष्ल को नियमित प्रकाशन गर्दै आएको जनाइयो ।

चिनियाँं भाषाको प्रशिक्षण

मित्र राष्ट्र चीनको व्यापारिक र शैक्षिक क्षेत्रमा देखिरहेको प्रभावलाई आंकलन गरी विद्यालय स्थापनाको केही बर्ष मै चिनियाँ भाषाको पनि पठन पाठन शुरु गरेको जनाइयो । धेरै बिद्यार्थीहरुले चीन भ्रमणको अवसर प्राप्त गरी थप सिक्ने मौका पनि पाउदै आएका छन् । हरेक विद्यार्थीमा फरक क्षमता हुन्छ भन्ने बहु बौद्धिकताको सिद्धान्त, सर्वाङ्गिन विकासको सिद्धान्त, फरक विद्यार्थीले फरक तरिकाले सिक्ने सिद्धान्त आदिलाई मनन गरी अतिरिक्त क्रियाकलापमा चित्रकला, संगीत कक्षा अन्र्तगत गायन र वाद्यवादन, नृत्य अन्तर्गत परम्परागत तथा आधुनिक नाचका कक्षाहरु निरन्तर सञ्चालनमा छन् ।


खेलकुद

खेलकूदमा बास्केटबल, फुटबल, टेबल टेनिस, तेक्वान डो का नियमित कक्षाहरु संचालनमा छन् । यसरी अतिरिक्त क्रियाकलापलाई सधै प्राथमिकतामा राख्दै आयौं । विद्यार्थीहरुलाई किताबी ज्ञानमात्र सिमित नहोस भनी छोटो तथा लामो दुरीका एक दिनेदेखि एक हप्तासम्मको शैक्षिक भ्रमणले पनि निरन्तरता पाइरहेको छ ।

शिक्षालाई आत्मसाथ

बालबालिकालाई केन्द्रमा राखी बालमैत्री शिक्षालाई आत्मसाथ गर्दै आयौं । पठन सस्कृतिको विकासको लागि पुस्तकायको ब्यबस्था बाहेक विगत आठ दश बर्षको समयदेखि थप पुस्तकहरुको नियमित अध्ययन गरी छोटो समीक्षात्मक टिपोटको लेखन, स्वतन्त्र अध्ययन, बायोण्ड टेक्ट बुक द्यभथयलम तभहत दययप को अभियानलाई निरन्तरत दिदै आएका छौं । तर विद्यार्थीहरुले सधैँ उच्च अंङ्क वा जिपिए नै ल्याउनुपर्छ भन्ने मान्यतालाई गुणस्तरीय शिक्षाको आधार मानेनौँ । यद्यपि, अमर सुवाल (२०६३), सदीक्षा बैद्य (२०६९), अमित दुवाल (२०७१) कृती तामाङ (२०८१) ले ४ जिपिए ल्याउन सफल भए ।

शिक्षकलाई निरन्तर तालिम

शिक्षक सक्षम, पेशागत ज्ञानमा अद्यावधी, पेशाप्रति इमान्दार र बाल मनोविज्ञानलाई आत्मसाथ गर्ने, सस्थाप्रति कृतज्ञ हुने र टिमस्प्रितमा कार्य गर्ने क्षमता भए मात्र उसको पठनपाठन प्रभावकारी हुने मान्यतालाई विद्यालयको नीति नै बनाई शिक्षक तालिमलाई बिद्यालयको अभिन्न अङ्ग बनाइ आवधिक तालिमहरु जस्तै अर्ध बार्षिक र बार्षिक रुपमा निरन्तर संचालन गर्दै लग्यौँ । त्रैमासिक रुपमा शिक्षकहरुले नयाँ पुस्तकको अध्ययन गरी पुस्तकका बारेमा छलफल गर्ने क्रम पनि विगत आठ दश बर्षदेखि निरन्तरता पाइरहेको छ । शिक्षक तथा विद्यार्थीहरुमा पुस्तक पढ्ने सस्कृतिको विकास होस् भनी लेखकसंग पुस्तक सम्बाद पनि हुदै आएको छ ।

शिक्षकको पक्षमा

शिक्षकहरुको पेशागत हकहित र सुविधालाई विद्यालयले सधै प्राथमिकतामा राखी सामुदायिक विद्यालयको तलब सरहको सुविधा तथा संचयकोषको व्यबस्था समेत भइ आएको छ । सिक्ने र सिकाउने कर्म बाहेक रिफ्रेसमेन्ट कार्यक्रम अन्तरर्गत हिउँदे र गृष्म गरी बर्षको दुइपटक शिक्षक तथा कर्मचारिहरुका लागि दुइदिने उपत्यका बाहिरको आउटिङ्ग कार्यक्रमको पनि निरन्तर व्यबस्था हँुदै आएको छ ।


पुस्तक मेलाको आयोजना

विद्यालयले प्रत्येक पाँच/दशबर्षमा वृहत कार्यक्रमको आयोजना गर्ने नीतिका अनुसार २०६२ सालमा बृहत पुस्तक मेलाको आयोजना ग¥यो । पुस्तक मेला बाहेक समाजिक दायित्वका अन्य धेरै क्रियाकलापहरु पनि यसमा समावेस थिए । विद्यालय स्थापनाको दोस्रो दशकमा अथवा २०७२ को महाभुकम्पले यस्तो वृहत कार्यक्रमलाई हुनबाट रोक्यो । त्यस्तै, विद्यालयको रजत जयन्ती समारोहको योजनालाइ पनि कोभिड १९ को महामारिले छताछुल्ल पार्यो । आज हामी विद्यालयको स्थापनाको तीन दशकलाई विशेष समारोहको रुपमा सामाजिक दायित्वको पक्षलाई केन्द्रमा राखेर मनाउने विशेष तयारीमा छौं ।

वुद्ध शिक्षा

यसरी एउटा विद्यालयले पूरा गर्नुपर्ने प्रमुख दायित्वमा पर्ने शिक्षण क्रियाकलापका अलावा विद्यालय एक सामाजिक दायित्व बोक्ने अवयव समेत भएकोले सामाजिक दायित्वका क्रियाकलापहरुलाई समेत विद्यालयले निरन्तरता दिइरहेको छ । विश्व वातावरण दिवसमा ¥याली गर्ने, भयावह रोगको महामारी ‘हेपाटाइटिस बी’ भक्तपुर शहरमा देखिदा अन्योलको अवस्थामा पर्चा वितरण गरी जनचेतना जगाउने कार्य, देशको सिमाना मिच्दा विशाल विरोध जुलुश समेत गरेका थियौं । टोल छिमेकमा ढल निकास तथा बाटोघाटो मर्मत सम्भारमा नियमित सहयोग, २०७४ सालमा भनपाबाट स्थानीय पाठ्यक्रम निर्माण कार्यदलको सचिवालयको रुपमा विद्यालयमा स्थान उपलब्ध तथा विद्यालयका प्रिन्सिपल स्वयं कार्यदलका संयोजक भएकाले अन्य आवश्यक चाजोपाजो र व्यबस्थापनमा सहयोग गरेको जनाइयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।