Prithvi Post

४ कार्तिक २०८२, सोमबार

काठमाडौँ । नेकपा एमालेको विधान महाधिवेशनको लागि सम्पूर्ण तयारी पूरा भएको बुधबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरि जनाइएको छ यही शुक्रबार भदौ २० देखि गोदावरीस्थित सनराइज हलमा नेकपा एमालेको विधान महाधिवेशन सुरु हुँदैछ । विधान महाधिवेशनमा दुई हजार ३३ प्रतिनिधिसहित दुई हजार ३४९ जना सहभागी हुने बताइएको छ ।

एमालेले १० औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधि नै आगामी विधान महाधिवेशनका प्रतिनिधि हुने भनेको छ । १० औँ महाधिवेशनपछि मनोनीत भएका वा अन्य पार्टीबाट समायोजन भएर केन्द्रीय सदस्य भएकाहरूलाई पनि प्रतिनिधित्व गराउन नमिल्ने भएकाले उनीहरूसमेत आयोजकका हैसियतमा मात्रै सहभागी हुने बताइएको छ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा २०–२२ भदौमा एमालेको विधान महाधिवेशन हुँदै छ । विधान महाधिवेशन प्रतिनिधिसँग कुनै शुल्क नउठाउने समेत बताइएको छ ।

विधान महाधिवेशनमा आउने प्रतिनिधिसँग कुनै शुल्क नलिइने महासचिव शंकर पोखरेलले बताउनु भएको छ। उहाले विगतमा शुल्क उठाउने परम्परा रहेको बताउदै यस पटक नउठाउने निर्णय गरेका र पार्टी केन्द्रबाट खर्चको व्यवस्थापन गर्ने बताउनु भएको छ । उहाँले विधान महाधिवेशनमा दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना गरी कूल २ हजार ३ सय ४१ जनाको सहभागी हुँदैछ । प्रतिनिधिहरूलाई खानाको व्यवस्था कार्यक्रम गर्ने र बास भने आफैँले मिलाउनुपर्ने समेत उहाँले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0