Prithvi Post

४ कार्तिक २०८२, सोमबार

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले दर्ज्यानी चिह्न लगाउनुभएको छ । यही भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई भदौ १९ गतेदेखि लागू हुने गरी नेपाल प्रहरीको सर्वोच्च पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । आईजीपी खापुङलाई विहिबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले दर्ज्यानी चिह्न लगाइदिनुभएको हो ।

निवर्तमान प्रहरी महानिरीक्षक दीपक थापाले भदौ १८ बुधबारदेखि अवकाश पाएपछि खापुङले विहिबारदेखि नेपाल प्रहरीको कमान्ड सम्हाल्नुभएको हो । खापुङको पालामा नयाँ प्रहरी ऐन जारी भए उहाँको सेवा अवधिमा अहिलेको प्रावधान अनुसार ६ महिना थपिनेछ । नभए उहाँ ३० वर्षे सेवा अवधिका कारण कात्तिक २६ गतेदेखि अनिवार्य अवकाशमा जानु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0