Prithvi Post

५ कार्तिक २०८२, मंगलवार

काठमडौं । निर्माण क्षेत्रमा कार्यरत हुनेमाथी बढी दुर्घटनाका साथै अन्य समस्या बढी हुने भएकाले सो बाट सुरक्षित राख्ने बारे अहिले बहस सुरु गरिएको छ । अन्य समयमा पनि मजदुर र निर्माण क्षेत्रमा संलग्नमाथीको सुरक्षाका बारेमा चर्चा चलेपनि खसै कार्यान्वयनमा भने आएको छैन । तर पछिल्लो समयमा नेपाल निर्माण उद्योग परिषदको आयोजना र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रायोजन तथा प्राविधिक सहयोगमा निर्माण आयोजना (ननलाईफ) बिमा सम्बन्धी एक दिने अभिमुखिकरण गोष्ठी काठमाडौंमा सम्पन्न गरिएको छ ।

सो गोष्टीमा परिषद आबद्ध व्यवसायीहरुको निर्माण आयोजनाहरुको बिमा गर्दा सहुलियत दिने, बिमा दाबी सकेसम्म छिटो भुक्तानी गर्ने, ढिला हुने देखिए अनुमानित बिमा दाबीको आधा पहिल्यै भुक्तानी दिने, आगामी दिनमा सहकार्य मै थप कार्यक्रम गर्ने लगायतका विषयमा सहमती पत्रमा समेत हस्ताक्षर गरि कार्यान्वयनमा लैजाने सहमती भएको बताइएको छ ।

कार्यक्रममा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले निर्माण उद्योगमा कार्यरत व्यवसायी, बिमा प्रतिनिधि र प्राविधिक व्यक्तिहरूलाई निर्माण आयोजना बिमाको अवधारणा, प्रक्रियागत आवश्यकताहरू, जोखिम व्यवस्थापन तथा दाबी प्रकृया सम्बन्धमा जानकारी गराउनु भएको थियो ।

सो गोष्ठीमा निर्माण आयोजनामा लाग्ने जोखिम, उपयुक्त बिमा योजनाहरूको छनोट, बिमा पोलिसी निर्माण प्रक्रियाका साथै दाबी समाधान प्रणाली सम्बन्धी बिस्तृत प्रस्तुती र छलफल गरिएको थियो । गोष्टीमा नेपालमा निर्माण क्षेत्रमा बढ्दो लगानीसँगै यस प्रकारका अभिमुखिकरण गोष्ठीहरू बिमा सचेतना अभिवृद्धि तथा जोखिम व्यवस्थापनमा महत्वपूर्ण ठहरिएको आयोजक संस्थाले जानकारी दिएको छ । कार्यक्रममा इन्सुरेन्स कलंकीका प्रतिनिधि गणेश पराजुली,  इस्योरेन्स सुर्यबिनायक शाखाका प्रमुख अजय कुमार सिँह, भक्तपुर सूर्यविनायक शाखा अधिकृत नारायणप्रसाद घिमिरे, अण्डर राइटिङ विभाग प्रशिक्षक सुजन खकुरेल र बिमा दावी विभाग प्रशिक्षक रुपक चालिसे लगायतको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0