काठमाडौंको नयाँ बानेश्वरमा आयोजित जेनजी पुस्ताको प्रदर्शनमा सुरक्षा निकायबाट भएकोे बल प्रयोगपछि मृत्यु हुनेको संख्या १७ पुगेको प्रहरीले जनाएको छ । उपत्ययकाभित्रका विभिन्न अस्पतालमा करिव ५ सयभन्दा बढी घाइतेको उपचार भइरहेको समेत बताइएको छ । अस्पतालले दिएको अनुसार सिभिल अस्पतालमा ५० जना घाइते उपचार भई रहेको अस्पताल स्रोतले जनाएको छ । सोही अस्पतालमा दुई जनाको मृत्यु भएको पुष्टि भएको छ । काठमाडौँ मेडिकल कलेजमा एक जनाको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।
यसैगरी, त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा एक जनाको मृत्यु भएको जनाइएको छ । ट्रमा सेन्टरमा ७ जनाको मृत्यु भएको पुष्टि भएको छ । त्यसैगरी, पाटन अस्पतालमा दुई, बी एण्ड बी अस्पतालमा एक, भेनस अस्पतालमा दुई (प्रहरी ओमबहादुर राणा र दिपक सिजाली) र बयोदा अस्पतालमा एक महिला उपचार भई रहेको जनाइएको छ । एभरेष्ट अस्पतालमा ५ जनाको मृत्यु भएको बताइएको छ । घाइतेमध्ये सात जना प्रहरी र दुई जना सशस्त्र प्रहरी रहेको समेत बताइएको छ । प्रदर्शनको फोटो भिडियो संकलन गरि रहेका तीनजना फोटो पत्रकार घाइते भएका बताइएको छ ।
नयाँ पत्रिकाका फोटो पत्रकार दीपेन्द्र ढुंगाना, नेपाल प्रेसका फोटो पत्रकार उमेश कार्की र कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठ घाइते भएको सम्बन्धित सञ्चार गृहले जनाएको छ । यो समाचार तयार पारुनजेलसम्म १७ जनाको मृत्यु भएको बताईएपनि मृत्यु हुनेको सख्या अझ बढ्न सक्ने बताईको छ । भने घाईतेको संख्या एकिन भएको छैन ।

