काठमाडौ । बाँके जिल्लाको नौबस्तास्थित बाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका सुरक्षा स्रोतले जनाएको छ । स्रोतका अनुसार मृत्यु हुनेमा दैलेखका भुपेन्द्र खत्री, बाँकेका समिर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगर छन् ।
गएराति सुधारगृहमा झडप भएको थियो । घटनामा घाइते भएकाहरुलाई बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भई रहेको बताइएको छ । ती घाइतेमध्ये पाँच जनाको उपचारको क्रममा मृत्यु भएको स्रोतले पुष्टि गरेको छ ।
देशभर जेनजीको आन्दोलन चर्किंदा नौबस्ताको बालसुधार गृहमा रहेकाहरु पनि भाग्न खोजेका थिए । प्रहरीले रोक्न खोजेको थियो । त्यही क्रममा झडप भएको थियो । केही युवा भागेका छन् भने केही बालसुधारगृहभित्रै रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1