Prithvi Post

४ कार्तिक २०८२, सोमबार

काठमाडौं । जेन जी पुस्ताले गरेको सडक प्रर्दशन र त्यसपछि भड्किएको आन्दोलनका कारण देश अहिले अशान्त भएको छ । देशभर युवाको नाममा सार्वजनिक भौतिक संरचनामाथी आगो लगाई क्षति पु¥याएसंगै देश अशान्त हुन पुगेको हो । आन्दोलनका कारण अहिले राजधानी लगायत अन्य स्थानमा समेत अत्याबश्यक बस्तुको ढुवानीमा अबरोध पुगेको पानी व्यवयासीको छाता संगठन नेपाल बोटल वाटर उद्योग महासंघका अध्यक्षमा धु्रवबहादुर गौतमले बताउनु भएको छ ।

उहाँले आन्दोलनका कारण पानी लगायत अन्य अत्याबश्य सामाग्रीको ढुवानीमा अबरोध भएको बताउनु भएको छ । उहाँ अहिले उपत्ययकाभित्र पेट्रोल र डिजल पम्पहरु बन्द भएसंग सामान ढुवानीका सवारी साधान चलाउन नसकिएको बताउनु भएको छ । भने उपभोक्ताबाट तारन्तार पानीको माग अत्याधिक रहेको तर सेनाद्वारा लगाइएको निषेधाज्ञा र अत्याबश्य बस्तुको ढुवानीमा अनुमति नदिएका कारण पानी उपभोक्तासम्म लैजान नसकिएको बताउनु भएको छ । काठमाडौं उपत्यकामा सेनाद्वारा निषेधाज्ञामा कडाइ गरिएपछि बुधबारबाट अत्यावश्यक वस्तुको ढुवानीमा अवरोध हुन पुगेको अध्यक्ष गौतमले बताउनु भएको छ ।

सेनाले मंगलबार बेलुका १० बजेबाट सुरक्षा जिम्मेवारी लिएसंगै रातिदेखि नै अत्याबश्यक सामान बोकेका सवारी साधानहरु सडकमा लैजान अबरोध पुगेको बताइएको छ । काठमाडौं उपत्यकाभित्र सहज रुपमा खाद्य र पानी बोकेका सवारी साधन अरु विचबाटोमै रोकिएको समेत बताइएको छ । आन्दोलनपछि भड्किएको आन्दोलनले खाना पकाउने ग्यासको ढुवानी र वितरणमा पनि अवरोध भएको बताइएको छ । उपत्यकाभित्र खाद्य, पानी र ग्यास वितरणमा भएको अबरोध तत्कालै सहज बनाउनु पर्ने अध्यक्ष गौतमले सेनालाई आग्रह गर्नुभएको छ ।

अत्यावश्यक वस्तुको आपूर्तिमा कुनै अबस्थामा पनि बन्द गर्न नहुने र नपाउने अन्र्तराष्ट्रिय कानुन समेत विद्यमान रहेको छ । तर देशमा अशान्ती फैलिएको भन्दै अत्याबश्यक बस्तुको ढुवानीमा समेत अबरोध गरिनु न्याय संगत नभएको समेत सम्बन्धित क्षेत्रका व्यवसायीहरुको भनाई रहेको छ । यसतर्फ नेपाली सेनाले बेलैमा समधानको बाटो अपनाउन समेत अध्यक्ष गौतमले आग्रह गर्नुभएको छ । उहाँले तत्कालै पेट्रोलियम पदार्थको बिक्री वितरण सहज बनाउन समेत आग्रह गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0