Prithvi Post

४ कार्तिक २०८२, सोमबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले सूचीकृत नभएको बहानामा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएपछि सुरु भएको आन्दोलन अन्न्त हिंशामा पुग्यो । सामाजिक सञ्जालको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध कलेजकै ड्रेसमा आन्दोलनमा आएका विद्यार्थीमाथी अन्धधुन्ध गोल चलाउन आदेश दिने काठमाडौं प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको बौलठ्ठी पनले निम्ताएको हिसाले अहिले सार्वजनिक भौतिक संरचना सवै खरानी हुन पुगेको छ ।

आन्दोलनलाई शान्तिपूर्ण गर्ने भन्दै आएको समुहमाथी सरकारी दमन भएपछि भड्किएको भिडको मौका भने सत्तामा बसेर पटक पटक भ्रष्ट्राचार गरि आलिशान जीवन विताएका पुराना र नयाँ दलकै नेताहरुको संलग्नता रहेको भेटिएको छ । जेन जी पुस्ताको विरोध प्रदर्शन गर्ने युवा पुस्ताको प्रयास राजनीतिक स्वार्थका कारण हिंसात्मक बन्न पुगेको छ । सामाजिक सञ्जाल हुँदै युवा समूहले सोमबार विरोध प्रदर्शनको आयोजना गरे । आन्दोलनमा घुसपैठ हुन नदिन उनीहरूले युवा समूहलाई कलेज ड्रेसमा आन्दोलनमा सहभागी हुन आव्हान गरेपनि सो योजना विफल हुन पुगेको थियो । केही प्रदर्शनकारी सोही अनुसार कलेज ड्रेसमै विरोध प्रदर्शनस्थल पुगे ।

युवाको आक्रोशलाई क्यास गर्न लोभिएको दुर्गा प्रसाँई समूह, आफुलाई भ्रष्टाचार विरोध भन्दै स्टन गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माओवादी केन्द्र लगायतका दलका समर्थकहरु आन्दोलनमा घुुसेर प्रर्दशनलाई रक्तपातमा बदल्ने कार्य गरे । त्यसले मात्र नपुगेर मंगलबार रास्वपाका नेताहरुले जेन जी को सपोट लिन सुरुमै ठगीको आरोपमा जेलमा रहेका रास्वपाका सभापति रबी लामिछानेलाई निकाल्न नख्खु जेल गई जेन जीको नाममा नक्कली कागजात बनाएर जेलबाट भगाएर लिएर आएपछि देशभर आगलागी कार्यले झन तीव्ता पाएको समेत सुरक्षाकर्मीको आकलन रहेको छ ।

प्रदर्शनकारीहरूले सुरक्षा घेरा तोड्दै संसद् भवन नयाँ बानेश्वर पुग्दा समेत सुरक्षाकर्मीले बल प्रयोग गरेको थिएनन् । तर जब कलेजको ड्रेसमा नभएका प्रदर्शनकारीहरूले संसद् भवन प्रबेश गरेर हिंसा मञ्चाउने कार्यमा उनै दलका कार्यकर्ता रहेको बताइएको छ । जेन जी पुस्तामात्र भएको भए यो हिंसा नहुने समेत सुरक्षाकर्मीको भनाई रहेको छ । त्यसैले जेजीको नाममा रास्वपा, राप्रपा, दुर्गा प्रसाँई र माओबादी केन्द्रका कार्याकर्ता भएको पछिल्लो घटनाबाट खुल्न आएको समेत भेटिएको छ ।

आन्दोलनमा सहभागीहरूको आधारमा दुर्गा प्रसाईँ समूहका व्यक्तिहरू हिंसा फैलाउने रणनीतिमा रहेको र रास्वपा र राप्रपाका समर्थकहरूले आन्दोलन उग्र बनाउने कार्य गरेको सुरक्षाकर्मीको ब्रिफिङ रहेको छ । हातमा राष्ट्रिय झन्डा, मुखमा मास्क अनि हेलमेट लगाएकाहरू संसद् भवनको पश्चिम गेटमा पुगेर गेटमा रहेको एक तले भवनको छतमा चढेर आगलागी गरेर प्रर्दशनलाई हिंसात्मक बनाउने कार्य दलकै नेता तथा कर्याकताहरुले गरेको सुरक्षाकर्मीको भनाई रहेको छ ।

युवा पुस्ताको आन्दोलन सडकमा पुग्नु अगाडि नै प्रभावशाली देखियो हिंसात्मक आन्दोलनबाट बदनाम भएका दुर्गा प्रसाईँले आफू आन्दोलनमा आउने घोषणा गरेर भाँड्ने प्रयास समेत गरेको विफ्रिङ सुरक्षाकर्मीको रहेको छ । यसैबीचमा राप्रपाका जिम्मेवार नेताहरुले आन्दोलनको आयोजक गरेको समेत उनीहरुको गतिविधिबाट देखिन आएको छ । भने पछिल्लो समयमा जेन जी को नामबाट सरकार गठनको माग राख्ने व्यक्त समेत राप्रपाको जिम्मेवार पदमा रहेको फेला परेको छ । यसबाट पुष्टी हुन्छ जेन जीको नाममा दलका नेता तथा कार्यकर्ताबाट हिसा मञ्चाएको सुरक्षाकर्मीले तयार पारेको रिपोटमा उल्ले गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0