काठमाडौं । ललितप्र जिल्लाकाो नख्खु जेलबाट चलाखीपूर्ण रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबी लामीछाने जेल बाहिर निस्केपछि अहिले सोही नजिर देखाउदै देशभरका जलेमा विभिन्न मुद्दाको सजाँय भोगी रहेका कैदीहरु विद्रोह गदैै भाग्ने क्रम बढेको छ । यसैक्रममा मंगलबार दिउँसो रास्वपाका नेता तथा समर्थकहरुको ठूलो जस्था बोकेर नख्खु पुगेको उपसभापति डोल आर्यालसहितले रवीलाई नछोडे जेलमा आक्रमण गर्ने धम्की दिएपछि नक्कली पत्र बनाई जेलरलाई हस्ताक्षर गराएर रबी बाहिर निस्कीएका थिए ।
उनीसंगै दर्जनो कैदी बाहिरेपछि उपत्यकाभित्र आगजनी र लुटपाट कार्यले उग्र रुरुप लिएको थियो । जेन जी पुस्ताको प्रर्दशनलाई मोहोरा बनाएर रास्वपाको सो हर्कत चौतर्फ रुपमा आलोचना सुरु भएको छ । भने जेलमा रहेका दिपक मनाङे जेलबाट बाहिर जान नमानेपछि रबी झन आलोचित बन्न पुगेको बताइएको छ ।
यसरी जेन जी प्ुस्ताको प्रर्दशनकै क्रममा सुन्धारास्थित केन्द्रीय कारागारबाट ३ हजार ३ सय कैदीबन्दी फरार भएको बताइएको छ । कारागारमा रहेका ३ हजार ८ सय कैदीबन्दीमध्ये अहिले ५ सयको हाराहारीमा मात्रै रहेको जनाइएको छ । भद्रबन्दी गृहमा एक सय जना रहेको स्रोतले बताएको छ । त्यसैगरी महिला बन्दी गृहमा एक सयको हाराहारीमा कैदीबन्दी रहेका छन् । सेन्ट्रेल कारागारमा ३ सयको हाराहारीमा कैदी रहेको बताइएको छ । अधिकाशं कैदी भागेको बताइएको छ ।
यसैक्रममा भद्र बन्दीगृहमै रहेका टोपबहादुर रायमाझी समेत भागेको बताइएको छ । उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका थिए । त्यस्तै भागेका मध्ये केही कैदीबन्दी भने कारागार फर्कन पनि थालेका छन् । अहिलेसम्म ५० जना कैदीबन्दी कारागार फर्केको स्रोतले जनाएको छ ।
नख्खु कारागारबाट निस्केका कैदीबन्दीहरुले राति १० बजेतिर आएर सुन्धारा तोडफोड गरेको सुरक्षा स्रोतले जनाएको छ । त्यसपछि सुरक्षाका लागि खटिएको नेपाल प्रहरी त्यहाँबाट भागेर आर्मी हेडक्वाटर पुगेका जनाइएको छ । सोही क्रममा कैदी भागेको बताइएको छ । प्रहरी भागेर सैनिक व्यारेक पसेपछिमात्र सेनाले कारागारलाई नियन्त्रणमा लिएको थियो । त्यस समयसम्म ३ हजार ३ सय कैदीबन्दी फरार भइसहेको बताइएको छ ।