Prithvi Post

१६ मंसिर २०८२, सोमबार

काठमाडौं । जेन जी पुस्ताको नाममा भएको आन्दोलनसंगै भएको आगजनीबाट अर्बौ रुपैयाँको नोक्सानीसंग विभिन्न स्थानमा शव भेटिएको छ । आक्रोशित भीडले अन्धधुन्ध सरकारी र नीजि घरमाका साथै उद्योगको कार्यलयमा आगो लगाएका थिए । मंगलबार लगाइएको आगोबाट क्षति पुगेका स्थानको सफाई गर्ने क्रममा जलेका शवहरु भेटिएको सुरक्षाकर्मीले जनाएको छ ।

यसैक्रममा काठमाडौं जिल्लाको चन्द्रागिरि स्थित विशाल ग्रुपको गोदाममा जलेको अबस्थामा शव भेटिएको बताइएको छ । जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा चन्द्रागिरि नगरपालिका वडा नम्बर–५ स्थित सो गोदाममा आगजनी गरिएको थियो । सो ग्रुपको गोदाममा जलेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ भने शवको पहिचान नभएको बताइएको छ । सो शव पोस्टमार्टम गर्न प्रहरीले त्रिवि शिक्षण अस्पतालमा पठाएको जनाएको छ ।

यसैगरी, बालुवाटारस्थित पवित्र वर्कसपमा पनि २ वटा शव भेटिएको बताइएको छ । जेनजी आन्दोलनको क्रममा गरिएको आगजनीबाट जलेको अवस्थाका भेटिएका ती शव कसका हुन् भन्ने पहिचान नखुलेको सुरक्षा स्रोतले जनाएको छ । विहिबार सरसफाइ गर्नेक्रममा सो शव भेटिएका जनाइएको छ । पवित्र वर्कसप प्रधानमन्त्री निवासबाट राष्ट्रपति भवन जाने बाटोको बीचमा पर्दछ ।

जहाँ जहाँबाट राष्ट्रपति भवन पुग्नुअघि नेपाली सेनाको भैरवनाथ गण रहेको छ । तर सो वरिपरि कुनै सरकारी कार्यालय नभएको र आगजनी समेन नभएकाले प्रदर्शनका वा जेलबाट भागेका कैदीले हत्या गरेर त्यहाँ फालिदिएको हो की भन्ने अनुमान सुरक्षा स्रोतको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0