Prithvi Post

४ कार्तिक २०८२, सोमबार

काठमाडौं । जेन जी पुस्ताले गरेको प्रर्दशन र आगजनीबाट अशान्त बनेको संघीय सरकारको राजधानी अहिले केही शान्त बनेको छ । आन्दोलनकारीले सरकारीदेखि निजि घर अफिसमा मंगलबार लगाएको आगोबाट काठमाडौंको आकाश पुरै कालो बादलले छोपिएपछि बन्द गरेको त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल सुचारु भएसँगै यात्रुहरुको चाप अत्यधिक बढेको पाइएको छ जेनजी आन्दोलनको कारण सुरक्षा खतरा बढेसंग कालो बादलका कारण उडान भर्न खतारा देखिएपछि विमानस्थल बन्द गरिएको थियाृ ।

बन्द भएको विमानस्थल २४ घण्टापछि सुचारु ग्रिएसंगै यात्रुहरुको चाप अत्याधिक रहेको बताइएको छ । बुधबार साँझ ५ बजेदेखि नै विमानस्थल सुचारु भएको थियो भने विहिबार उडान भर्ने यात्रुहरुको अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनल तर्फ भीड रहेको बताइएको छ । साथै सडक मार्ग बन्द भएका कारण आन्तरिक टर्मिनलतर्फ हवाई यात्रुको चाप बढेको विमानस्थलले जनाएको छ । अन्तर्राष्ट्रिय तर्फ पनि यात्रुको चाप बढेको छ । केही यात्रु भने अलपत्र परेका छन् ।

विशेषगरि बैदेशिक रोजगारीमा जाने यात्रुहरू टिकट नआएकोले अलपत्र परेकाले पनि एयरपोर्टा भीड हुन गएको भन्सार कार्यलउल जनाएका हुन् आन्दोलनका कारण मङ्गलवार दिउँसोदेखि बन्द भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बुधवार साँझदेखि सञ्चालन भएपछि अहिले यात्रुहरूको भीड लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0