Prithvi Post

४ कार्तिक २०८२, सोमबार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विद्यमान संवैधानमा गरिएको व्यवस्था अनुसार निकास दिनका लागि आफूले प्रयास गरिरहेको बताउनु भएको छ । उहाँले एक विज्ञप्ति जारी गदैृ सो कुरा बताउनु भएको हो । उहाँले ‘देशको अहिलेको विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म विचार विमर्श एवं हर प्रयास गरि रहेको बताउनु भएको छ ।

उहाँले जेनजी आन्दोलनकारीहरूले गरेको उग्र प्रदर्शनपछि राष्ट्रपति रामचन्द्र पौडेल शीतलनिवासबाट नेपाली सेनाको सहयोगमा बाहिरिएर सुरक्षित स्थानमा बस्नु भएको छ । उहाँ अहिले कहाँ बस्नु भएको त्यो भने गोप्य राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0