काठमाडौं । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले देश विधिको शासन र संविधानवादबाट बाहिर जान नहुने भन्दै सामूहिक अपिल गर्नुभएको छ । शुक्रबार उहाँहरुले सयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षका मागहरु सम्बोधन गर्दै अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्रका लागि प्रतिबद्ध हुन सबैलाई अपिल गर्नुभएको छ ।
उहाँले २०८२ भदौ २३ र २४ गते भएको जेन जीहरूको आन्दोलनका क्रममा भएको जनधनको क्षतिले हामीलाई स्तब्ध भएको ुसमेत बताउनु भएको छ । उहाँहरुले आन्दोलनको क्रममा आफ्नो ज्यान गुमाउनु हुने सबै युवाहरू तथा कर्तव्य निर्वाहको क्रममा ज्यान गुमाउनु हुने राष्ट्रसेवक प्रहरीहरूमा हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं। साथै आन्दोलनका क्रममा घाइते हुनुभएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै हुन नदिन राज्यका सम्बन्धित संयन्त्रहरूलाई विशेष आग्रह समेत गर्नुभएको छ ।
उहाँहरुले देशमा विद्यमान विषम परिस्थितिमा जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै संवैधानिक प्रक्रियाबाटै निकास दिन राष्ट्रपति रामचन्द्र पौडेलले पहल गरिरहनु भएको समेत बताउनु भएको छ ।।