Prithvi Post

४ कार्तिक २०८२, सोमबार

काठमाडौं । जेन जी पुस्ताको आन्दोलनको बलबाट उमेरले नेटो काटेको सुशिला कार्कीलाई अन्तरिक सरकारको प्रधानमन्त्रीमा नियुक्त गरिएको छ । युवा पुस्ताले देश चलाउनु पर्छ, भ्रष्टाचर गर्ने माथी कारबाही गरिनु पर्छ भन्दै अन्दोलनमा होमिन लगाउने जेन जी पुस्ताको केही युवाको समर्थनमा पुर्वप्रधान न्यायाधिस कार्कीलाई राष्ट्रपति भबन सितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथग्रहण गराउनु भएको छ ।

सपथ ग्रहण गर्नु अघि राष्ट्रपति कार्यालयमा राष्ट्रपति पौडेले बधाई दिदै भन्नु भयो, ‘धेरै धेरै बधाई छ, धेरै धेरै शुभकामना, तपाईं सफल हुनुहोस्, देश सफल बनाउनु होस् ।’ उहाँले सो बधाई दिई रहदाँ प्रधानमन्त्री कार्की भने धन्यबादको शव्द बाहेक अरु कुनै शव्द बोल्नु भएन । जेनजी पुस्ताको आह्वानमा चलेको दुई दिने आन्दोलनबाट केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि राष्ट्रपतिले संविधानको धारा ६१ लाई टेकेर कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरिएको छ ।

तर कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेसंगै नेपालको संविधान २०७२ निस्कृय भएको समेत कानुनविद्हरुको भनाई रहेको छ । प्रधानमन्त्री कार्कीलाई ताजा जनादेशका लागि आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गराउने जिम्मेवारी समेत दिइएको छ । सो समयभित्र निर्वाचन हुने हो या होईन भन्ने शंका उपशंका समेत अहिले चौतर्फी रुपमा उठेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0