Prithvi Post

४ कार्तिक २०८२, सोमबार

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सुमना श्रेष्ठले पार्टी परित्याग गर्नुभएको छ । चौधरीले पार्टीलाई विधिविधानमा चलाउन नसकेपछि परित्याग गरेको बताउनु भएको छ । उहाँले नाउपा पार्टीलाई विधि विधानमा चलाउन सकिएन । अब नयाँ पार्टी गठन गरेर राजनीतिमा सक्रिय हुने भन्दै पार्टी परित्याग गरेको बताउनु भएको छ ।

सो पार्टीको अध्यक्ष चौधरीकै श्रीमती रहनु भएको छ । यसैबिच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपां) की नेतृ सुमना श्रेष्ठले पार्टी कार्यालयमा राजीनामापत्र बुझाएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी परित्याग गरेको बताउनु भएको छ । उहाँले “मलाई रास्वपामा हुँदा सहयोग गर्नुहुने सबैमा धन्यवाद छ । मैले परिवर्तनको एजेन्डालाई कहिल्यै छोडेको छैन । जेनजी युवा पुस्ताले गरेको आन्दोलनलाई साथसहयोग र समर्थन हुने छ ।” उहाँ रास्वपामा हुँदा समानुपातिक सांसद भएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री हुने अवसर पाउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0