काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले युवाहरूको आकांक्षालाई सम्बोधन गर्ने गरि पार्टीले रोडम्याप तयार पारिसकेको बताउनु भएको छ उहाँले केही धैर्य गरेको भए उनीहरूका आकांक्षा एमालेले पूरा गर्ने समेत दाबी गर्नुभएको छ । गत भदौ २४ गते जेन–जी प्रदर्शनका क्रममा च्यासलस्थित पार्टी कार्यालयमा भएको तोडफोड र आगजनीको अवलोकन गरेपछि उहाँले भदौ २० देखि २२ गतेसम्म दोस्रो विधान महाधिवेशन गरेर युवाहरूमा हुर्कंदै गरेको असन्तुष्टि र उनीहरूको आकांक्षालाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा लामो छलफल भएको समेत बताउनु भएको छ ।
उहाँले निर्णायक शक्ति निर्माणको २१ बुँदे कार्ययोजना तयार पारेका तर विडम्बना एमालेले ती योजनाहरू व्यवहारमा लागु गर्न नपाउँदै मुलुकमा दुःखद् घटना घटेको बताउनु भएको छ । उहाँले अब सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार निर्धारित मितिमै चुनाव गराउने दिशामा अघि बढ्नुपर्ने समेत बताउनु भएको छ ।