Prithvi Post

४ कार्तिक २०८२, सोमबार

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकारको देब्रे हात काटिएको बताइएको छ । गत भदौ २४ गते काठमाडौँमा भएको जेनजी प्रदर्शनमा आन्दोलनकारीले रविलक्ष्मीलाई डल्लुस्थित उनकै घरमा जिउँदै आगो लगाएका थिए । जलेको अवस्थामा उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि लगिएको थियो । उनको देब्रे हात ४० प्रतिशत जलेको अस्पतालले जनाएको थियो । पछि थप इन्फेक्सन भएपछि उनको हात काट्नुपरेको अस्पताल स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0