रामशरण देउजा
देशमा भ्रष्टाचार, अनियमितता भयो त्यसको नियन्त्रण गरि भ्रष्टाचारीमाथी कारबाहीको माग राख्दै सडक आन्दोलनमा उत्रेको जेन जेट पुस्ताको बलमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार विघटन भयो । सरकार विघटनपछि देखिएको दृष्य भने हेर्न लायक हुदै गएको छ । संविधानको मान्यता र धाराभन्दा बाहिर गएर राष्ट्रपति रामचन्द्र पौडेलले देश अशान्ति नमच्यिोस भन्ने भन्दै अन्तरिम सरकार गठन गर्नुभयो । अन्तरिम सरकारको नेतृत्व पुर्वप्रधानन्यायाधिश सुशिला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेर देश सञ्चालनको बागडोर राष्ट्रपति पौडेलद्वारा जिम्मा दिईयो ।
प्रधानमन्त्री नियुक्त भएको २ साता वितिसक्दा मन्त्री छान्न सक्नु भएको छैन । किस्ताबन्दीमा मन्त्री नियुक्त हुदै आएको छ । तर, नियुक्त भएका मन्त्रीहरु पहिलो प्राथमिकतालाई लत्याउदै ‘इगो’ देखाउदै कर्मचारी हटाउने र नियुक्ती गर्नेमा तल्लिन भएका छन् । पक्कै पनि जेन जेट पुस्ताले अहिलेको सरकारले गरेको खेल पक्कै खोजेको होईन । जेन जेट आन्दोलनको सम्मान र कदर गर्दै भ्रष्टाचार मुक्त समाज स्थापनाका लागि भ्रष्टाचारको चरम सम्भावना रहेको र भइरहेको सार्बजनिक खरिद कार्यमा पनि ठूलो सुधारको खोजीएको थियो ।

भ्रष्टाचार र सार्वजनिक खरिद ऐनलाई समयसापेक्ष बनाउने अपेक्षा सम्बन्धित निर्माण व्यवसायीहरुको समेत माग लामो समयदेखि राख्दै आएका थिए । गत भदौ २३ र २४ गते भएको जेन जेट आन्दोलनको प्रभावबाट परिबर्तन हुनुपर्ने एउटा महत्वपूर्ण सार्बजनिक खरिद क्षेत्रलाई अछुतो रहन दिन हुँदैन । निर्माण क्षेत्रमा ब्याप्त कमिसन र भ्रष्टाचार नियन्त्रण गरेर जेनजेट पुस्ताले गरेको त्यागको सम्मान सवैले गर्न अत्याबश्यक रहेको छ । यसको लागि हामी सबै निर्माण व्यवसायीहरु व्यावहारिक रुपले समेत तयार रहेका छन् भन्ने समाजिक रुपमा अभिव्यक्त गर्न र देखाउन समेत जरुरी रहेको छ ।
सार्बजनिक खरिद मध्य निर्माण कार्य खरिदमा हुने नितिगत भ्रष्टाचार, आयोजनामा हुने सेटिङ, गुणस्तरहिन निर्माण कार्य गर्ने गराउने र कमिसन लेनदेन गर्ने कार्यको अब अन्त हुनु अत्याबश्यक रहेको छ । सरकारको यसतर्फ ध्यान जानु पर्दछ । निर्माण कार्य खरिदमा संलग्न निर्माण व्यवसायीहरु पनि हिजो जे गरियो अब नगर्ने सच्चिने प्रण गर्नु जरुरी रहेको छ । प्रभाव, अभाव र दबाबबाट निर्माण उद्योग अब मुक्त हुनु पर्छ । मौजुदा कानुन, सम्झौताका सर्त र तोकिएको स्फेसिफिकेसन अनुसार थप व्यावसायिक भएर आफुले निर्माण गर्ने जिम्मेवारी पाएको आयोजनाको काम सम्पन्न गर्नुको विकल्प छैन, रोकिएका काम समयमै सम्पन्न गर्ने तर्फ लाग्नुको विकल्प समेत छैन ।
सफल र वरिष्ठ होईन व्यावसायिक बन्नु आबश्यक रहेको छ । राजनैतिक संरक्षण र कमिसन बुझाएर जसोतसो गर्ने कार्य अब सधैको लागी बन्द गरौ । यहि जेन जेट आन्दोलन पतिको उच्च सम्मान हुनेछ र आन्दोलनका दौरान शहिद हुन पुगेका ती अबोध युवाहरु प्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ । आफू पनि सच्चिउ । सार्बजनिक निकायका प्रतिनिधिहरुलाई पनि सच्याउ, सच्चिन मानेन भने बाध्य बनाउ, समाजका अगाडि नग्याउने कार्यमा लागौ । पहिले नै कमिसन बुझाउदै आयोजना सेटिङ गर्नेहरूलाई सामाजिक बहिष्कार गरौ । तलमाथि गरेर कमिसन बुझाउने, बिल अपहरणबाट मुक्त गराउन दिनुपर्ने कमिसन आदि अब बन्द गरौ । युवाहरुको भावनाको आत्मसात गर्दै समाज प्रतिको जिम्मेवारी बोध गरौ ।

