काठमाडौं । बडादशैैँ अन्तरगत नवरात्रको सातौँ दिन सोमबार पूजा कोठा वा दशैँ घरमा फूलपाती भित्राइएको छ ।घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा सोमबार उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइएको हो । नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौ देवीको प्रतिकका रुपमा भित्र्याई शास्त्रीय विधि अनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको बताइएको छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यकता नपर्ने पनि समितिले जनाएको छ ।
यसैअबसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा सोमबार राष्ट्रपति रामचन्द्र पौडेलससहित उच्च पदस्थ व्यक्तिसमेतको उपस्थितिमा फूलपाती बढाइँ समेत गरेको थियो । फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ। गोरखाबाट ल्याइएको जमरा र फूलपाती हनुमानढोका दसैँघरमा साइत जुराएर भित्रयायसँगै टुँडिखेलमा फूलपाती बढाइँ गर्ने परम्परा रहेको छ। हनुमान ढोकामा यसवर्ष गोर्खाबाट ल्याउको फुपाती दशैघरमा भित्राइएको बताइएको छ ।

