Prithvi Post

३ कार्तिक २०८२, आईतवार

काठमाडौं । दशै मनाउनकालागि एकै दिन काठमाडौं उपत्यकाबाट सवा १ लाखभन्दा बढी मानिस बाहिरीएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सो कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले सोमबार बिहानसम्म १ लाख १३ हजारभन्दा बढी सर्वसाधारण बाहिरएको बताउनु भएको छ । यो विवरण बेलुकासम्म झन बढ्ने बताउनु भएको छ । ट्राफिक प्रहरी महाशाखाले दिएको तथ्याङ्क अनुसार, घटस्थापना असोज ६ गतेदेखि असोज १२ गते सोमबार बिहानसम्म उपत्यकाबाट ८३ हजार ८७ सवारी साधनमा ४ लाख ६० हजार ९७७ यात्रु बाहिरिएका छन् ।

सोही अवधिमा ६१ हजार ७८१ सवारी साधन मार्फत २ लाख ५२ हजार ७५५ यात्रु उपत्यका भित्रिएका छन् । घटस्थापनाका दिन देखि ११ गतेसम्म २ लाख ६७ हजार ४४६१ यात्रु ४५ हजार ४९३ बढी सवारी साधनमा काठमाडौँ उपत्यका बाहिर गएका थिए । तर काठमाडौँको भित्रनेको सङ्ख्या पनि करिब उस्तै छ । घटस्थापनादेखि असोज ११ गतेसम्म १ लाख ५६ हजार ७८६ यात्रु ४१ हजार ५९४ सवारी साधनमा भित्रिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । दसैँको चहलपहल बढ्दै गर्दा उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या उल्लेख्य देखिएको छ ।

असोज ११ गते बिहान ६ बजेदेखि असोज १२ गते बिहान ६ बजेसम्मको २४ घण्टामा उपत्यकामा १३ हजार ९२९ सवारी साधनबाट ६१ हजार ८२२ यात्रु भित्रिएका थिए भने १८ हजार ६१३ सवारी साधन मार्फत १ लाख ११ हजार ६३९ यात्रु बाहिरिएका थिए । यस्तै, असोज १२ गते बिहान ६ बजेदेखि असोज १३ गते बिहान ६ बजेसम्मको पछिल्लो २४ घण्टामा १३ हजार ९२९ सवारी साधनमा ६१ हजार ८२२ यात्रु उपत्यका भित्रिएका छन् । सोही अवधिमा १८ हजार ६१३ सवारी साधनबाट १ लाख ११ हजार ६३९ यात्रु उपत्यकाबाट बाहिरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0