Prithvi Post

१६ मंसिर २०८२, सोमबार

काठमाडौं । देशभर भएको विभिन्न दुर्घटनाबाट घाइते भएका १७ जनालाई जेन जेट २.० र एनिमल नेपालको संयुक्त सहकार्यमा नगद तथा राहत सामग्री वितरण गरिएको छ। एनीमल नेपालका अध्यक्ष प्रमदा शाहका अनुसार, जेन जेट २.० का प्रतिनिधिहरुले काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत घाइतेहरू र उनीहरूको परिवारलाई नगद रकमसँगै खाद्यान्न, लत्ताकपडा तथा अत्यावश्यक सामग्रीहरू वितरण गरिएको बताइएको छ । गण्डकी प्रदेशमा बिजय पराजुली, कोशीमा निता शाक्य र मधेस प्रदेशमा डा। राजीव झा नेतृत्वमा ुसहर बढ्नेु अभियान सञ्चालन गरिएको छ। उनीहरूले स्थानीय घाइते तथा पीडित परिवारहरूसम्म प्रत्यक्ष पुगेर आवश्यक सहयोग प्रदान गरिरहेका छन्।

अध्यक्ष शाहले भने, “राजधानीमै सीमित नभई देशभर सहकार्य गर्न पाउँदा हामीलाई गर्व लागिरहेको छ। यो सहकार्य एउटा उदाहरण बन्न सक्दछ कि जहाँ युवा पुस्ताले सामाजिक उत्तरदायित्व कति प्रभावकारी ढंगले बहन गर्न सक्छ।” यस सहयोग अभियानले विपद्का समयमा युवाहरूको सक्रियता, सहानुभूति र उत्तरदायित्वप्रति झनै विश्वास दिलाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।