काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देशभर जारी अविरल वर्षा र त्यसबाट उत्पन्न बाढीपहिरो तथा डुबानको खतराबारे सजग रहन अपिल गर्नुभएको छ । उहाँले विज्ञप्ति जारी गर्दै विपदमा धैर्यतापूर्वक चुनौतीको सामना गर्न सबैलाई आग्रह समेत गर्नुभएको छ । राष्ट्रपति पौडेलले यस विपत्तिको घडीमा शीघ्र उद्धार र राहतका लागि खटिन राज्यका सबै निकायलाई अपिल समेत गर्नुभएको छ ।
उहाँले विपद्मा धैर्यतापूर्वक चुनौतीको सामना गर्न समेत सर्वसाधारणलाई आग्रह गर्नुभएको सो विज्ञप्तिमा उल्लेख गरिएको छ । राष्ट्रपति पौडेलले यस विपत्तिको घडीमा शीघ्र उद्धार र राहतका लागि खटिन राज्यका सबै निकायलाई समेत अपिल गर्नुभएको छ देशभर जारी अविरल वर्षा र त्यसबाट उत्पन्न बाढी, पहिरो तथा डुबानको खतराबाट सजग रहँदै यो विपद्मा धैर्यतापूर्वक चुनौतीको सामना गर्न सवैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न समेत सवैमा आग्रह गरेको उल्लेख गरिएको छ ।