Prithvi Post

३ कार्तिक २०८२, आईतवार

काठमाडौं । शुक्रवार रातीदेखि परेको अविरल वर्षासंगैको विपद्मा परि हालसम्म २२ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । शुक्रवार, शनिवार र आइतवार बिहानसम्मको तथ्यांकअनुसार २२ जनाको ज्यान गएको बताइएको छ । जसमध्ये मनसुनजन्य विपद्बाट इलाममा १८ जनाको ज्यान गएको छ भने उदयपुरमा १ र रौतहटमा चट्याङका कारण तीन जनाको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

उदयपुरमा २२ जना सवार हाइसको दुर्घटना भएको बताइएको छ । जबरजस्ती हाइस खोलामा हाल्ने क्रममा दुर्घटना भएको हो। २२ मध्ये २१ जनाको उद्धार गरिए पनि एक जनाको खोलाले बगाउँदा ज्यान गएको कार्यकारी प्रमुख भट्टले बताए। इलाममा एक जना गर्भवती महिलाको उद्धार गर्नका लागि हेलिकप्टरबाट उद्धार गरिएको छ । उदयपुरको गिरेबी खोलामा केही मानिसहरू डुबानमा फसेकाले उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको बताउनु भएको छ । समस्या आएका ठाउँमा सुरक्षा निकाय, स्थानीय स्वयंसेवकहरू परिचालन गरेको बताउनु भएको छ ।

उहाँले मनसुन अहिले पूर्वतिर सक्रिय भएको छ। पूर्वतिर बिहानैबाट पानी बढी पर्न थालेको र विस्तारै कम हुँदै गएको बताउनु भएको छ । पाँच वटा ठूला नदीहरूमा नै बाढीको जोखिम रहेको बताउनु भएको छ। यातायातको बन्दको निर्णयलाई पूर्ववत नै राखिएको जानकारी दिनुभएको छ । विपद्को जोखिम अझै कायमै रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरे। पहिरो र बाढीको जोखिम अझै बाँकी रहेकाले लामो दूरीको यात्रा नगर्न आग्रह गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0