Prithvi Post

२१ आश्विन २०८२, मंगलवार

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बाढी, पहिरो र डुबानको जोखिम बढ्दै गएको भन्दै सुरक्षित र सतर्क रहन नागरिकलाई आग्रह गर्नुभएको छ । देशवासिको नाममा सम्बोधन गर्नेक्रममा शनिबार उहाँले सो आग्रह गर्नुभएको हो । उहाँले विपतको अवस्थामा सरकार साथ रहेको भन्दै नागरिकलाई सुरक्षित र सावधानी अपनाउन समेत आग्रह गर्नुभएको हो । उहाँले नागरिकको सुरक्षा नै सरकारको सर्वोपरी चिन्ता रहेको बताउदै अप्ठेरोमा परेको अवस्थामा तत्काल उद्धार गर्न सरकार तयारी अवस्थामा रहेको समेत बताउनु भएको छ । उहाँले कुनै पनि कार्य गर्दा जोखिमको पूर्व आंकलन गरी सुरक्षालाई सरकारले उच्च प्राथमिकता दिएको समेत बताउनु भएको छ ।

उहाँले नागरिकको सुरक्षा नै सरकारकोे सर्वोपरी चिन्ता भएको बताउदै आवश्यक सहयोग लिन समेत अप्ठेरो नमान्न आग्रह गर्नुभएको छ । उहाँले सबै सरकारी निकायहरू उद्धार र राहतका लागि प्रतिकूल परिस्थितिका बाबजुत उच्च मनोबलका साथ पूर्ण तयारीका अवस्थामा रहेको समेत दाबी गर्नुभएको छ उहाँले महत्वपूर्ण राजमार्ग र अन्य पूर्वाधारको सक्रिय रुपमा सरकारले निगरानी गरिरहेको समेत बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0