Prithvi Post

२१ आश्विन २०८२, मंगलवार

काठमाडौं । वर्षा कम भए पनि शनिबार बिहानदेखि अवरुद्ध विभिन्न ठाउँका सडकहरुमा अझै गाडी सञ्चालनमा स्थानीय प्रशासनले रोक लगाइएको छ । बाढी तथा पहिरोको जोखिम कायमै रहेकोले तत्काल गाडी चलाउन रोक लगाइएको बताईको छ । शनिबार ठूलो पानी पर्न थालेपछि सरकारले सोमबारसम्म काठमाडौं उपत्यका जोड्ने र लामो दूरीका सडकमा गाडी चलाउन रोक लगाएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । तर अबस्था हेरेर दिउसोको समय सुरक्षा अपनाउदै गाडी सञ्चालन गर्न केही समय खुला समेत गरिएको बताइएको छ ।

कतिपय ठाउँमा पहिरो झरेको र कतिपय ठाउँमा पहिरोको जोखिम कायमै रहेकाले तत्काल सडक पुर्णरुपमा भने नखुल्ने बताइएको छ । सडकको अवस्था हेरेर आइतबार दिउँसो या सोमबारदेखि सडक खुलाउने बारे भने प्रशासन सकारात्मक भएको जनाइएको छ । बाढी पहिरोका कारण केही ठाउँका सडक आंशिक खुलेका छन् भने कुनै ठाउँका अझै पूर्ण रुपमा अवरुद्ध नै छन् । काठमाडौं उपत्यकाबाट बाहिरिने मुख्य नाकाहरूमा पर्ने नागढुंगा, गोदाम, र टखेल सडकखण्डमा शनिबार बिहान ७ बजेदेखि दुबैतर्फ गाडी रोकिएको बताइएको छ । यसैगरी, बीपी र अरनिको राजमार्गमा पर्ने काभ्रेको धुलिखेलदेखि सिन्धुपाल्चोक सिमाना हुँदै दुबैतर्फ गाडी आवागमन अनिश्चितकालका लागि रोकिएको स्थानीय प्रशासनले जनाइको छ ।

बीपी राजमार्गमा बनाइएको डाइभर्सन बाढीले बगाएपति सो सडकखण्ड पूर्णरुपमा अबरुद्ध भएको बताइएको छ । पासाङ ल्हामु मार्गका विभिन्न खण्डहरूमा सुख्खा पहिरो खसेको र ढुङ्गा झरेको कारण सडक पूर्णरूपमा बन्द रहेको छ । संखुवासभाको कोशी राजमार्ग अन्तर्गत खाँदबारी–थुमसुर,खाँदबारी–किमाथांका सडक खण्डहरू बाढी र पहिरोले पूर्णरूपमा अवरुद्ध रहेको बताइएको छ । अरनिको राजमार्गको चारकिलो क्षेत्रमा पटक–पटक सडक भासिँदा ठूला गाडी चलाउन रोक लगाइएको छ । तत्काल अत्यावश्यक बाहेक यात्रा नगर्न, यात्रा गर्दा सचेत रहन र वैकल्पिक मार्गको प्रयोग गर्न तथा यात्रामा निस्कनु अघि सम्बन्धित ट्राफिक प्रहरी कार्यालय वा कन्ट्रोल रुमसँग सम्पर्क गर्न समेत प्रहरीले आग्रह गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0