Prithvi Post

३ कार्तिक २०८२, आईतवार

रामशरण देउजा

गत भदौ २३ र २४ गते देशभर जेन जी पुस्ताको नाममा भ्रष्टाचार र अनियमिताको विरोध गर्दै आन्दोलन भयो । सो अन्दोलन सरकार र सुरक्षा निकायले सोचेभन्दा बाहिर गएसंगै नेताको घरदेखि सार्वजनिक भबन जलाउने कार्य भयो । जसले गर्दा थप हिंस्सा नहोस भन्ने उदेश्यका साथ तत्कालिनक प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनु भयो । जुन जेन जीको मागमा समेत राजीनामा मागिएको थियो । तर, राजीनामापछि भएका घटनाक्रमले झन देश अन्योलमा फस्दै गएको अनुमान लगाउन सकिन्छ ।

नेकपा एमालेका अध्यक्ष समेत रहनु भएका ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि पुर्वप्रधानन्यायाधिश सुशिला कार्कीलाई अन्तरिक सरकारको जिम्मेवारी दिईयो । जुन नेपालको संविधान २०७२ को विपरित कार्की प्रधानमन्त्री नियुक्त गरियो । र भएको प्रतिनिधि सभा समेत एक सदस्यी मन्त्रीमण्डलको बैंठकको हवाला दिदै विघटन गरियो जुन कानुन संवत रहेको छैन । मुलुकलाई संबैधानिक बाटोमा हिडाउन नेकपा एमालेले प्रतिनिधि सभा पुनः स्थापनाको मार्ग अबलम्बन गर्नु गर्न एमालेले खुट्टा कमाउनु हुदैन ।

लेखक : रामशरण देउजा
लेखक : रामशरण देउजा

हिजो नेकपा एमालेका पार्टी अध्यक्ष ओली प्रधानमन्त्री हुँदा प्रतिनिधि सभा बिघटन गरेकोले अहिले प्रतिनिधि सभा पुनः गठन माग गर्दा एमालेले दोहोरो भुमिका निर्वाह ग¥यो भन्ने आरोप लाग्छ भनेर प्रतिनिधिसभा पुनः स्थापनाको माग मुद्दाबाट पछाडि हटन हुदैन । आबश्यकताको सिद्धान्त अनुसार समय, परिस्थिति र तत्कालीन कानुनले आबश्यकताको निर्धारण गर्ने भन्दै प्रतिनिधि सभा पुर्नस्थापना गर्ने कार्यमा तत्काल लाग्नु पर्छ । नेपालको संविधान २०७२ क्रियाशिल रहेकै बर्तमान अबस्थामा असंबैधानिक ढंगले गरिएको प्रतिनिधिसभा विघटन विधि, प्रकृया संविधान बिपरित भएकोले र यसले भावी दिनका लागि गलत नजिर स्थापित हुने छ ।

जुन कार्य हुन बाटा रोक्ने शक्ती समेत एमालेसंग रहेको छ । जेन जी सहितका सबै राजनैतिक शक्तिहरु बिचको सहमतिमा अदालत मार्फत नै प्रतिनिधि सभाको पुनः स्थापना गरि जेन जीहरुले सर्बाधिक माग गरिएका र थप केही आबश्यक ब्यबस्थाहरु लागू हुनेगरी प्रतिनिधि सभा पुर्नस्थापना गर्ने तर्फ ध्यान दिनु आबश्यक रहेको छ । संविधान संशोधन गरि सबै राजनैतिक शक्तिहरु बिचको सहमतिबाट आगामी  निर्वाचनको मिति तय गरि प्रतिनिधि सभा बिघटन गरेर मुलुकलाई संबैधानिक बाटोमा ल्याउने अहिलेको संक्रमणको अन्त गर्ने गरी राजनैतिक समाधान खोज्नु उपयुक्त र दीर्घकालीन समाधान हुने गरि काम गर्नु अबश्यक रहेको छ । सो कार्य गर्न नसकिएको खण्डमा स्वार्थ समुहहरुको चलखेलमा देश भित्र अराजकताको बढ्दै जाने छ ।

भने द्वन्द बढने र नेपाल असफल राष्ट्र हुने छ । तत्कालिन अबस्थामा अबको ५ महिनामा निर्वाचन हुने परिस्थिति बनेको छैन ।  आन्दोलनका क्रममा भएको व्यवहारले नेपाल प्रहरीको मनोबल उठन अझै सकेको छैन । भने पछिल्लो समयमा प्रतिशोध र मुठभेडको स्थिति बन्दै गएको छ । १० औं हजार केदी फरार रहेको र हजारौं हतियार लुटिएको अबस्थामा दीर्घकालीन समाधान खोजिएन भने त्यो गम्भीर भुल हुने छ । अहिलेको संक्रमणलाई मध्यनजर गर्दा टालटुलले समाधानले संक्रमण रोकिने स्थिति देखिदैन । संक्रमण थप लम्बिने, स्वार्थशक्तिहरुको चलखेल बढी हुने, शान्तीसुरक्षामा समेत खलल पुग्ने र मुलुक अराजकता तिर सोझिने अबस्था सृजना हुने छ । त्यसैले मुलुकलाई संबैधानिक मार्गमा हिडाउन प्रतिनिधिसभा पुनःस्थापना नेकपा एमालेको अबको मुद्दा हुनु अत्याबश्यक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0