काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सामाजिक सञ्जालबाट अध्यक्ष पद छोड्न भन्दैमा आफुले नछोड्ने तर केन्द्रीय कमिटीले भने एक मिनेटमा अध्यक्ष पदमा नबस्ने बताउनु भएको छ । बुधबार बसेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्नेक्रममा उहाँले सो कुरा बताउनु भएको हो । उहाँले कतिपयले आफूलाई बोकेर हिँड्न नसकेको भनेकोप्रति असन्तुष्टि जनाउँदै आफैँ हिँड्न सक्ने जवाफ दिनुभएको छ । उहाँले केन्द्रीय कमिटीको बैठकले महाधिवेशनको मिति तोक्ने भन्दै आफू व्यक्तिगत इच्छाले नहिँडेको जिकिर गर्नुभएको छ ।
उहाँले देशभरिको युवाले केपी बा भनेको विरोधीहरूको मनमा पीडा भएर सही नसक्नु भएपछि चरित्र हत्या गरेको जिकिर गर्नुभएको छ । एमालेले मंसिर २७ देखि २९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरेको छ । पार्टीको बुधबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा विशेष प्रस्ताव पेस गर्दै अध्यक्ष केपी शर्मा ओलीले मंसिर २७, २८ र २९ गते विशेष महाधिवेशन गर्ने प्रस्ताव गर्नुभएको हो । यसअघि बसेको सचिवालय बैठकले मंसिर अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको थियो । सोहीअनुसार एमालेले केन्द्रीय समिति बैठकबाट मिति प्रस्ताव गरेको हो।