Prithvi Post

काठमाडौं । पर्यटनलाई नेपालको गौरव र राष्ट्रिय पहिचानको रूपमा संरक्षण गर्ने उद्देश्यले जेन जेट सबै पस्ता को सारथी राष्ट्रिय अभियानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मा नेपाल सधैं सबैका लागि खुला छ भन्ने सन्देशसहित विशेष कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा ४० जनाभन्दा बढी सहभागीहरूलाई फूल, माला र स्वागत–स्मृति चिन्हहरू प्रदान गर्दै प्रतीकात्मक रूपमा स्वागत गरिएको थियो। नेपालले हरेक आगन्तुकलाई आत्मीयतासाथ स्वागत गर्ने संस्कृतिको प्रतीकका रुपमा समेत सो कार्यक्रम गरिएको बताईएको छ ।

कार्यक्रमको पृष्ठभूमि नेपालको पर्यटन क्षेत्रले ७ लाख ५० हजार नेपालीको रोजगारी बोकेको छ। पछिल्ला केही दिनमा केही तत्वहरूले “मुभमेन्ट” को नाममा असुरक्षाको वातावरण सिर्जना गर्ने प्रयास गरेपछि सो अभियानले भ्रम हटाउन नेपाल सधैं खुला छ भन्ने राष्ट्रिय सन्देश अघि सारेको जनाएको छ । कार्यक्रमका जेन जी पुस्ताको संयुक्त सहभागिता, सबै पुस्ताले सुरक्षा र स्वागतको साझा जिम्मेवारी लिने संकल्प समेत गरिएको छ । जेन जीका परिकल्पनाकार तथा संरक्षक डा हरि कार्कीले यो केवल एक अभियान होइन, राष्ट्रिय चेतना भएको बताउनु भएको छ । निष्कर्ष यो कार्यक्रममा सहभागीहरूले एउटै आवाजमा नेपाल खुला छ, सुरक्षित छ, र सधैं स्वागतमा तयार छ भन्ने अभियानले केवल पर्यटनको सन्देश होइन, राष्ट्रको एकता र विश्वसनीयताको पुनर्जागरणको प्रतीक बनेको समेत दाबी गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।