Prithvi Post

३ कार्तिक २०८२, आईतवार

राम शरण देउजा

यो देश भित्रको बेथिति र बिसंगती जती हामप्ले अनुभव र अनुभुती गरेका छौ त्यति अरु वर्गले गरेको छैन । त्यसमा पनि अहिले जेन जी पुस्ताले त १० प्रतिशत पनि अनुभुती र अनुभव गरेका छैनन होला । यस्ता अनुभव र अनुभुतीहरुमा प्रखर प्रहार गरेरै हामी यहाँसम्म आइपुगेका छौ । त्यही बेथिति र बिसंगतिको साक्षी ठानेर हाम्रो समग्र पुस्तालाई बिशुद्द छौ र हौ भनेर जसरी आरोप लगाइरहेको छ त्यतिको शुद्ध जेन जी पुस्ता पनि छैन भन्ने लाग्छ । नेपालको दुरदराजमा रहेका एक छाक चामलको भात खान नपाएका र सिटामोल खान नपाएर मृत्यु बरण गरेका बाहेक हर एक नेपाली देखेका त्यो बेथिति र बिसंगतीबाट पालित पोषित समुहबाटै अहिले जेन जी पुस्ता हुर्के, बढेका छन । आफै पनि त्यही समाजिक संरचना बाटै हुर्किएर याँहा सम्म आइपुगेको छन् ।

लेखक:रामशरण देउजा

त्यसैले पनि सबै दुधले नुहाएको पक्कै छैनन् भन्ने त्यो समयले देखाउने छ र प्रष्ट्याउने छ । हुनत जेन जी पुस्ताहरुको चित्त दुख्छ होला तर, यो सत्य हो । अहिले पनि एउटा निवेदन लेख्नु प¥यो भने बिचौलिया खोज्दै हिड्ने छौ । जुन भ्रष्टचारकै एक नमुना हो । ट्राफिक रातो लाईट लाई पच्छ्याउने समय यो समुहसग हुदैन त्यो बिसंगति हो । लाइन बसेर पालो पर्खने धैर्यता यो पुस्तासंग नभएको पक्कै हो । विधि प्रक्रिया बुझ्न नखोज्ने, अनुशरण नगर्ने, काम छिटो सक्न कमिसन र घुसको सहारा लिने र कानुन हातमा लिन खोज्ने सवैभन्दा ठूलो समुह यी पुस्तामा बढ्दै गएको छ ।

तर निरन्तर परिबर्तनको भने यही पुस्ताले खोजेको छ । जहाँ वास्तविक रुपमा मेल खाएको देखिदैन । नेपालमा बसेर अमेरिकाको परिबर्तनको खोज्नु नेपालको परिवेश अनुसार उपयुक्त पक्कै हुदैन । त्यसैले संयमता गुमाउनु पुर्व सवै कुराको अनुभब र ज्ञान हुन अति जरुरी रहेको छ । त्यो यो पुस्तामा देखिदैन र भेटिएको छैन । आफू र आफ्नो परिवार नातागोताबाट परिबर्तनको सुरुवात गरेर टोल परिबर्तन हुन्छ, टोल परिबर्तन भएपछि समाज परिबर्तन हुन्छ र सिङ्गो देश परिबर्तन हुन्छ । जाँहा हरेक नेता हरेक जनता परिबर्तन हुन्छन परिबर्तनका लागि नेता वा मन्त्री नै हुनु पर्छ भन्ने सोच पनि परिबर्तन गर्नु पर्छ ।

सवैले यत्ति गरेको खण्डमा परिवर्तन नभई सुख्खै हुदैन । जो परिबर्तन हुँदैनन जसलाई परिवर्तनले छुदैन त्यही तिमिहरुले गरेको परिबर्तनले समाप्त पार्ने कुरामा दुईमत छैन । बर्षाको खहरेले सबैलाई समाहित गरेर बगाएर ल्याउछ, जब त्यो खहरे बग्दै मैदानमा आउँछ, तब के के बगाएर ल्याएको रहेछ छुट्टाउन सकिन्छ । जेन जी पुस्ताहरुले मान्नु नमान्नु गत भदौ २३ र २४ गतेको जेन जीहरुको आन्दोलन त्यस्तै भएको छ । अब खहरे मैदानमा आएको छ, शान्त भएको छ । छानबिन गर्दै चिजहरु छुट्टाउन र खुट्टाउन जेन जी पुस्ता सफल हुनु पर्छ । निर्जीव ढुङ्गा माटो मात्र हो खहरेले जता भन्छ त्यतै बग्ने एक बिचारसिल बिबेक भएको मानिस निर्जीव ढुङ्गा माटो झै खहरेमा बग्न कदापी हुन्न । यस तर्फ पनि यो पुस्ताले ध्यान दिनु अत्याबश्यक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0