Prithvi Post

३ कार्तिक २०८२, आईतवार

ललितपुर । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नाफा लिनु व्यापारीहरुको अपराध नभएको स्पष्ट पारेका छन् । ललितपुर उद्योग वाणिज्य संघको शुक्रबार ललितपुरमा भएको ४६ औ वार्षिक साधारणसभाको उदघाटन गर्दै उनले उचित नाफा लिनु अपराध नभएको स्पष्ट पारे । अनुचित नाफा हो भने मात्रै त्यो अपराध भएको उनको भनाई हो । तर सर्वसाधारणमा व्यापारीहरुले नाफा लिनु नै अपराध भएको भाष्य रहेको उनको बुझाई हो । धनी हुनु अपराध नभएको पनि उनको बुझाई छ । धनीले गरिवलाई रोजगारी दिएर विस्तारै उसलाई पनि धनी बनाएको उदाहरण उनले पेश गरे । उनले आफनै उदाहरण दिंदै आफैंले रोजगारी दिएका कामदारहरु पनि धेरै उद्योगी व्यवसायी भएको जानकारी गराए ।

फरक प्रसंगमा उनले निर्धारित मितिमै निर्वाचन सफल बनाउनु उद्योगी व्यवसायीहरुको पनि कर्तव्य भएको बताए । सरकारलाई चुनावको वातावरण बनाउन दिनु र राजनीतिक दलहरुलाई सक्रियतापूर्वक चुनावमा भाग लिन लगाई चुनाव सफलतापूर्वक सम्पन्न गराउनु सवैको कर्तव्य भएको धारणा उनले राखे । कार्यक्रममा ललितपुर महानगरपालिकाका कार्यबाहक प्रमुख मन्जली शाक्य बज्राचार्यले महानगरभित्र व्यवसायिक वातावरण बनाउन महानगर हरदम प्रयासरत रहेको बताइन् ।

ललितपुर उद्योग वाणिज्य महासंघका अध्यक्ष विश्वराज बज्राचार्यले जिल्लाभित्रका संस्कृति, सम्पदालाई अर्थसँंग जोड्ने प्रयास गरिरहेको जानकारी गराए । कार्यक्रममा ललितपुर चिनारी नामक पुस्तकको विमोचन गरिएको थियो । साथै एलसीसीआई कनेक्ट एपको पनि सुरुवात गरिएको थियो । कार्यक्रम दुई चरणमा भएको थियो । पहिलो चरण उदघाटन सत्र र दोश्रो बन्द सत्र । कार्यक्रममा महासचिव भूमि नन्दन कर्माचार्यबाट वार्षिक प्रतिवेदन र कोषाध्यक्ष राजु महर्जनबाट आव २०८१।०८२ को आयव्यय प्रस्तुत गरिएको थियो । कार्यक्रमको उदघाटन सत्रमा विभिन्न व्यक्तिहरुलाई सम्मान तथा पुरस्कृत पनि गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।