Prithvi Post

३ कार्तिक २०८२, आईतवार

वाकुपति नारायण बचत तथा ऋण सहकारी संस्थाले सञ्चालन गर्दै आइरहेको वाकुपति नारायण महिला समूहको आयोजनामा वनभोज कार्यक्रम सल्लाघारीको चोङ्गा गणेश परिसरमा सम्पन्न भयो। वनभोज कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले ठूलाठूला भ्रष्टाचारीहरुलाई मृत्युदण्ड सजाय दिने बन्दोबस्त गर्नुपर्ने बताउनुभयो ।

नयाँ नेपालको निर्माणको निम्ति शिक्षा, स्वास्थ्य र रोजगारीको बन्दोबस्त हुनुपर्ने बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथि सुवालले नेता कार्यकर्ताले राम्रो काम गरी अरुलाई मार्ग निर्देशित गर्नुपर्ने र मध्यपान धुम्रपानबाट अहिलेको युवा पिढीलाई टाढा राख्नुपर्नेमा जोड दिनुभयो। साथै उहाँले अहिलेका युवा युवतीहरु धेरै दुर्वेशनीमा लागेको हुँदा अभिभावकहरु सचेत हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेमाकिपाका केन्द्रीय सदस्य एवं बागमती प्रदेशसभा सांसद सिर्जना सैंजुले महिलाहरू शैक्षिक र आर्थिकरुपले अगाडि बढ्नुमा सहकारीको पनि योगदान रहेको चर्चा गर्नुभयो। सहकारी मार्फत माओले चीनमा किसानको आर्थिक स्तर माथि उकासेको प्रसङ्ग उल्लेख गर्दै राजनीतिक सचेतनाको कमीले देशको अस्तित्वनै संकटमा पुग्ने बताउनुभयो। जङ्क फुडबाट आफ्नो छोराछोरीलाई टाढा राखी घरको खानालाई प्राथमिकता दिए राम्रो हुने बताउनुभयो।

वाकुपति नारायण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रीकृष्ण सुवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा भनपा ९ का वडा सदस्य छोरी मैया सुजखु र संस्थाका प्रवीण कासुला लगायतले बोल्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथिले विभिन्न अतिरिक्त क्रियाकलापमा विजयी खेलाडीहरुलाई पुरस्कार वितरण पनि गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।