काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा सिफारिस नगरेको बताउनु भएको छ । आइतबार सञ्चारकर्मीसंको कुराकानीमा उहाँले सो कुरा बताउनु भएको हो । उहाँले सेनाको सुरक्षामा रहँदा राष्ट्रपतिलाई निकासका लागि आवश्यक कदम चाल्न भने सिफारिस गरेको बताउनु भएको छ । आफूले लेखेको सिफारिसको भाषा पनि सुनाउनु भएको थियो । त्यसमा कतै पनि सुशीलाको नाम नभएको उहाँको दावी रहेको छ ।
उहाँले माओवादी अध्यक्ष प्रचण्डलाई सुशीलालाई आफूले सिफारिस गरेको प्रमाणा देखाउन चुनौति समेत दिनुभएको छ । उहाँले भन्नु भयो , ‘मैले लेखेको भाषामा सुशीला कार्की कतै सुन्नुभयोरु यसमा सुशीला कार्की भन्ने वा अरु कोही भन्ने कुनै छैन। मैले लेखेको पत्र राष्ट्रपतिकोमा छ त । मसँग चाहिँ छैन। कुनै बेला निस्किएला नि।’ ओलीले सुशीलाको सरकार संवैधानिक नभएको पुन दोहो¥याउनु भएको छ । उहाँले भन्नभु भयो, ‘यो अन्तरिम सरकार संविधान अन्तरगत बनेको होइन । एउटा हल्ला छ । अस्ति प्रचण्डजीले भयानक झूट बोल्नुभो । केपी जीले सुशीलालाई सिफारिस गरेको मसित कागज छ, प्रमाण छ भन्नुभो । राष्ट्रपतिले कसैको सिफारिसबिना काम गर्न गाह्रो हुन्छ, मलाई उपयुक्त निकास निकाल्नका लागि सिफारिस गर्नुस भन्नुभयो । मैले हुन्छ भनेँ ।
राष्ट्रपतिले आधिकारिक व्यक्तिको सिफारिसबिना केही गर्नु वाञ्छनीय हुँदैन र उहाँ कार्यकारी होइन । संविधान अनुसार हातमा लिनु हुँदैन । तर जटिल अवस्थामा मैले सिफारिस गर्दिनु वाञ्छनीय हुन्छ भन्ने लाग्यो । मेरो सिफारिसको भाषा नोट गर्नुभए पनि हुन्छ, मोबाइलमा रेकर्ड गर्नुभए पनि हुन्छ । मेरो भाषा के छ भने– वर्तमान असहज र असाधारण अवस्था उत्पन्न भएको परिस्थितिलाई नियन्त्रण गरेर संविधान र लोकतान्त्रिक परिपाटीलाई शान्तिपूर्ण स्थितिमा फर्काउनुपर्ने आवश्यकता भएकाले, यस्तो समाधान संविधान र लोकतान्त्रिक प्रणालीबाट खोज्नका लागि सम्माननीय राष्ट्रपति संविधानको रक्षक र पालक भएको हुनाले संविधानभित्रबाट आवश्यक कदम चाल्न सिफारिस गर्छु ।
यसमा सुशीला कार्की कतै सुन्नुभयो रु सुशीला कार्की भन्ने वा अर्को कोही भन्ने छैन । संविधान र संसद चलाउनु हुँदैन भन्ने कुरामा राष्ट्रपतिज्यू, म कार्यवाहक प्रधानमन्त्री र सेनापति उपस्थित भएका ठाउँमा मेरो प्रस्ताव थियो । उहाहरु दुवैले त्यो स्वीकार गर्नुभएको थियो र मैले त्यस भाषामा सिफारिस गरेको थिएँ । प्रचण्डले मलाई निकै माया गर्नुहुन्छ । उहाँले मसित प्रमाण छ, केपीले सुशीलालाई सिफारिस गरेको भन्नुभयो । त्यो प्रमाण फ्ल्यास गरिदिनुभए हुन्छ । निक अन्योल राखिराख्ने । निकालिदिए भयो नि त । उहाँले बताउनु भएको छ ।