Prithvi Post

३ कार्तिक २०८२, आईतवार

काठमाडौँ । गृहसचिव रामेश्वर दंगालले ७७ ओटै प्रमुख जिल्ला अधिकारी (सीडीओ_ लाई विभिन्न ११ शीर्षकमा ७ पेज लामो निर्देशन दिएका छन् । सचिव दंगालले आइतबार सचिवस्तरीय निर्णय गर्दै जिल्लामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रण, सुशासन, नियमन, समन्वय र सार्वजनिक सेवा प्रवाहमा सहजीकरण गर्नुपर्नेलगायत व्यक्तिगत आचरणसमेतका विषयमा सजगताका साथ सक्रियतापूर्वक भूमिका निर्वाह गरी सरकारप्रति नागरिकको भरोसा र विश्वास जागृत एवं अभिवृद्धि गराउन भन्दै निर्देशन दिएका हुन् ।

सचिव दंगालले शान्ति सुरक्षा शीर्षकमा ९ बुँदामा, अपराध नियन्त्रण शीर्षकमा ३ बुँदामा, निर्वाचन सम्बन्धमा ५ बुँदामा निर्देशन दिएका छन् । त्यस्तै सुशासन र प्रभावकारी सेवा प्रवाह शीर्षकमा १० बुँदामा, विकास व्यवस्थापन सम्बन्धमा एक बुँदामा र कारागार प्रशासन शीर्षकमा ३ बुँदामा, विपद् व्यवस्थापन शीर्षकमा ३ बुँदामा निर्देशन दिएका छन् । त्यस्तै आपूर्ति व्यवस्थापन सन्दर्भमा ३२ बुँदामा, अनुगमन निरीक्षक सम्बन्धमा ७ बुँदामा, कार्यक्रममा सहभागिता एवं व्यवस्थापन सन्दर्भमा १० बुँदामा र विविध शीर्षकमा ८ बुँदामा निर्देशन दिएका छन् ।सचिवस्तरीय निर्णयको निर्देशन उपसचिव रविन्द्र आचार्यले सबै प्रमुख जिल्ला अधिकारीलाई पठाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0