Prithvi Post

१५ मंसिर २०८२, आईतवार

काठमाडौं । किसानहरुलाई जस्तै बुधबार भक्तपुरका विद्यार्थीलाई धान भित्राउने चराटोले छोयो । सवैतिरका किसानहरु जस्तै स्कुलका ससाना विद्यार्थीहरुलाई धान भित्राउन चटारोले छोएको हो । उनीहरु समूहमा भक्तपुर नगरपालिका वडा नं २ मिवाछें व्यासीस्थित खेतमा धान काट्नमा व्यस्त देखिएका हुन् ।
एभरेस्ट स्कुल मिवाछें व्यासी भक्तपुरका कक्षा ४ का ससाना विद्यार्थीहरु स्कुल नजिकैको खेतमा धान भित्राउन व्यस्त देखिएका थिए । उनीहरु धान काट्न, चुटन अनि अनि भित्राउन व्यस्त देखिए ।
यतिमात्रै होइन, उनीहरु कृषि कर्मबारे पनि सिक्दै गरेको देखियो । उनीहरु आफूहरुसँंग खेत आएका शिक्षकशिक्षिकाहरु अनि धान भित्राउन सहयोगीका रुपमा खेतमा रहेका स्कुलका कर्मचारीहरु जो खेतमा काम गरिरहको थिएँंसँंग आफूहरुले नजानेका विषयहरुबारे सोध्न व्यस्त देखिए ।


स्कुलकी शिक्षिका एवं धान कार्यक्रमकी संयोजक कल्पना खनालले स्कुलमा कक्षा ४ मा अध्ययनरत १०४ जना विद्यार्थी धान भित्राउन आएको जनाइन् । विद्यार्थीलाई व्यवहारिक ज्ञान दिलाउन खेतमा ल्याएको उनले सुनाइन् । प्रत्येक वर्ष कक्षा ४ का विद्यार्थीहरुलाई धानको विउ राख्ने, रोप्ने, काट्नेदेखि लिएर सम्पूर्ण प्रक्रियाबारे जानकारी दिन खेतमा ल्याउने गरेको स्मरण उनले गरिन् ।
स्कुलले जनाए अनुसार स्कुलकै खेतमा उव्जेको यो धान प्रत्येक वर्ष बुद्ध जयन्तीका अवसरमा मुठी दानका रुपमा भिक्षुहरुलाई दान गरिनेछ । मुनि विहार इनाचो भक्तपुरमा रहेको विहारबाट आएका भन्ते भिक्षुहरुलाई मुठीदानका रुपमा दिने गर्दै आएको स्कुलले जनाएको छ ।


स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले विद्यार्थीलाई किताबमा रहेका बाहेकका व्यावहारिक ज्ञान दिलाउन स्कुलले यस्ता विविध कार्यक्रमहरु गर्दै आएको जानकारी गराए । धान कार्यक्रमले किसान मिहेनत बुझन विद्यार्थीलाई सहज हुने विश्वास उनको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।