बोदे । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं ८ बोदेको आयोजना तथा ख्वप तिलगंगा आखाँ केन्द्रको प्राविधिक सहयोगमा बिहीबार बोदेको शहरी स्वास्थ्य केन्द्रमा निःशुल्क आखाँ जाँच शिविर सम्पन्न भएको छ । शिविरमा १७७ जना ब्यक्तिको आँखा जाँच भएको मध्यपुर थिमि नगरपालिका वडा नं ८ का वडा अध्यक्ष रमेश थापा श्रेष्ठले बताए । जाँंच भएकाहरुलाई आवश्यकता अनुसार निशुल्क औषधी तथा चश्मा वितरण गरेको उनले जनाए । १६ जनामा मोतीविन्दू देखिएकाहरूलाई निशुल्क अपरेशन गर्ने जनाइएको छ ।
