काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो घर छोड्र अनेत्र गएका सवैलाई आफ्नै घरमा फर्किन आग्रह गर्नुभएको छ । उहाँले शुक्रबार एक सन्देश जारी गरि सो आह्वान गर्नुभएको हो । अहिलो अध्यक्ष ओलीको सो आह्वानलाई अनुमोदनसहित फर्किन चाहने नेता कार्यकर्ताका शर्त व्यवस्थापनबारे छलफल भई रहेको बताइएको छ ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पनि ‘विविध’ मा यस्ता विषयलाई विशेष प्रस्तावकै रूपमा स्वत समेटिने समेत बताउनु भएको छ । हिजोमात्र एमालेबाट फुटेको नेकपा एसले माओवादीसँग एकता गर्ने निर्णय गरेसँगै ओलीले सामाजिक सञ्जालमार्फत् सबैलाई ‘आफ्नै घर’ फर्कन आव्हान गरेका थिए ।
ओलीले भनेका छन्, ‘विगतमा नेकपा एमालेको निर्माण गर्न र यसलाई बलियो बनाउने यात्रामा सँगै हिँड्नु भएका सबै नेता कार्यकर्तालाई हृदयदेखि आह्वान गर्न चाहन्छु। जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस् । यो घर तपाईँहरूको पसिना र रगतले बनेको हो । माओवादीसँग मिल्ने पार्टीको निर्णयमा झलनाथ खनाल, घनेन्द्र बस्नेत, घनश्याम भुसाल, रामकुमारी झाँक्रीलगायतका प्रभावशाली नेताहरूले असहमति जनाइसकेका छन्। उपयुक्त वातावरणु बने उनीहरू एमालेमै फर्किनसक्ने चर्चा छ ।
सचिव योगेश भट्टराईले पनि आज बिहानै अध्यक्षको आव्हान स्वागतयोग्य र समय सान्दर्भिक रहेको बताउँदै एकताका ४ आधार पेश गरेका छन् । प्रतिशोध र घृणालाई त्यागेर सहकार्य र सहअस्तित्वमार्फत एमालेलाई सुदृढ र एकताबद्ध बनाउन सकिने भट्टराईको तर्क छ ।