Prithvi Post

३ मंसिर २०८२, मंगलवार

काठमाडौं । नेकपा एमालेबाट फुटेर नयाँ पार्टी गठन गरेका माधाब नेपालको नेकपा एकीकृत समाजबादी पार्टी फुटको संघारमा पुगेको छ । सो पार्टीको दुई दिन चलेको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष माधब नेपाल माओबादीसग पार्टी एकिकरण गर्ने भनी राखेको प्रस्ताबमा विवाद भएपछि अहिले नेपाल माओबादी केन्द्रका सयोजक पुष्पकमल दाहाल प्रचण्डको शणमा पुग्नु भएको छ भने झलनाथ खनालको सम्ुहले बैठकको आह्वान गरेर रणनीति बनाउने भएको छ ।

यसरी सो दल फुटको अन्तिम अबस्थामा पुगेको छ । माओवादी केन्द्रसँग गरिने एकतालाई शुक्रबारको बैठकबाट अनुमोदन गराएको नेकपा एसको माधवकुमार नेपाल पक्षले ३ बजे प्रचण्डसहित माओवादी केन्द्रका शीर्ष नेतासँग भेट्दैछ । एकता अस्वीकार गरेका झलनाथ खनाल पक्षले १ बजे नै अलग्गै भेला बोलाएको छ । खनाल पक्षका एक नेताका अनुसार १ बजे धुम्बाराही, सुकेधारास्थित मिराकल पार्टी भेन्युमा भेला बोलाइएको छ । त्यहाँ आधा दर्जन पदाधिकारीसहित १५० भन्दा बढी केन्द्रीय सदस्य सहभागी हुने दावी उनले गरे ।

नेकपा एसले शुक्रबार एकता प्रस्ताव ‘अनुमोदनको’ घोषणा गरेकै ठाउँमा जम्मा भएर उक्त प्रस्ताव अस्वीकार गर्दै पार्टी पुनर्गठनबारे छलफल गरिने ती नेताले बताए । प्रचार विभागका उपप्रमुख दामोदर अर्यालले भने भेला नभएर सीमित नेताबीच छलफलको तयारी छ । ‘पहिला त माओवादीमा जाने साथीहरुलाई रोक्नुपर्छ’, उनले भने, ‘त्यसपछि हाम्रो पक्षका नेताले एउटा स्टेटमेण्ट जारी गर्ने कुरा छ ।’

माधव नेपाल पक्षसँग शुक्रबारको बैठकसँगै राजनीतिक सम्बन्ध बिच्छेद भइसकेको भन्दै अर्यालले भने, ‘उनीहरुले कहाँ, कोसँग, के कुरा गर्छन् भन्ने विषय हाम्रो मतलबको कुरा भएन, हामीचाहिँ पार्टी पुनर्गठन र हामी पक्षका साथीहरुलाई जोगाउनका लागि राष्ट्रिय भेलासम्मको तयारीमा छौँ ।’ आजै एमालेको सचिवालय बैठक बस्दैछ ।

शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले मूल पार्टीमा फर्किनका लागि गरेको आह्वानलाई उक्त बैठकले परिपक्व ढंगले सम्बोधन गरेमा त्यस विषयमा पनि छलफल गर्न सकिने अर्यालले बताए । अब ओलीले पहिलाजस्तो हावादारी कुरा गरेर हुँदैन, यदि उहाँले गरेको आह्वान साँच्चै नै कम्युनिष्ट आन्दोलनको रक्षा र विकासका निम्ति हो भने परिपक्व ढंगले पेश हुनुपर्छ भनेका छौँ’, उनले भने ।

सोही पक्षका एकथरि नेताले पार्टी पुनर्गठनबारे सबैमा मतैक्यता भए पनि नेतृत्वमा रुपमा झलनाथ खनाललाई स्वीकार्न नसकिने बताएका छन् । उहाँ र उहाँको छिमलका नेता अभिभावक बन्ने र अर्को पुस्ताले कार्यकारी नेतृत्व गर्ने कुरा हो भने सबै साथी तयार हुन्छन्’, उनले भने, ‘झलनाथले मैँ अध्यक्ष हुन्छु भन्नुभयो भने कुरा मिल्दैन, किनभने हामीले एकताको विरोध गरेका होइनौँ, पुनर्गठन र पुस्तान्तरणबिना एकता नगरौँ भनेको हो ।’

त्यस्तै, माधवकुमार नेपाल पक्षले ३ बजे माओवादी केन्द्रसँग एकताका सम्पूर्ण विषयमा लिखत गर्ने गरी छलफल गर्ने भएको छ । नेपाल पक्षका एक नेताका अनुसार, शुक्रबारको बैठकबाट पारित अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदनको भावनाबमोजिम माओवादी केन्द्रसँग एकताका विषयहरु टुंगो लगाइने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0