Prithvi Post

३ मंसिर २०८२, मंगलवार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीमा फर्कन चाहनेहरूलाई ढोका खुला रहेको बताउनु भएको छ । सोमबार प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनु भएको हो । उहाँले नेकपा एकीकृत समाजवादी फुटेसँगै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि घर फर्कन नेताहरूलाई अपिल गरेको बताउनुभएको छ । सोमबार पोखरेलले पनि घर सन्तानहरू फर्कंदा कुनै अनुमति लिन नपर्ने बताए । तर, घर फर्कंदा पार्टीको नीति र नेतृत्वमा भने विवाद गर्न नपाइने शर्त राख्नु भएको छ ।

‘नेकपा एमालेबाट अलग भएकाहरूको सन्दर्भमा केन्द्रीय कमिटीको बैठकबाटै निर्णय गरेका छौं । आफ्नो घर फर्कनका लागि कुनै एकता गरिरहनु पर्दैन । घरका सन्तानहरू कोही बाहिर गएपछि घर आउँछु भन्दा अनुमति लिनुपर्छ ? आउनुस्,’ उहाँले भन्नु भएको छ । क्षमताका आधारमा पार्टीले तपाईंहरूलाई यथोचित जिम्मेवारी प्रदान गर्ने पनि उहाँले बताउनु भएको छ । ‘तर, शर्त एउटै छ नीति र नेतृत्वका प्रश्नमा चाहीँ सहमति गरेर आउनुस् । बहस विवाद गर्न आउने कुरामा पार्टी सहमत हुन सक्दैन । यी दुई वटा प्रश्नमा सहमत हुने जो कोहीका लागि नेकपा एमालेको ढोका सधैं खुला छ,’ पोखरेलले भन्नुभएको छ ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0