Prithvi Post

३ मंसिर २०८२, मंगलवार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रामकुमारी झाँकी, किसान श्रेष्ठ लगायत नेताले कुनै पनि पद माग नगरेको बताउनु भएको छ । एमालेको घर फर्क राष्ट्रिय अभियान घोषणा सभालाई सम्बोधन गर्नेक्रममा उहाँले सो कुरा बताउनु भएको हो । उहाँले कुनै पदबिना नै आफ्नै अनुभव लिएर घर फर्किएको बताउनु भएको छ ।

उहाँहरु एमालेको सदस्यमात्र रहने समेत बताउनु भएको छ । उहाँले घर छोडेर गएकाहरुलाई घर फर्किन गरेको आह्वान अनुसार आउनु भएको समेत बताउनु भएको छ । उहाँले एमालेलाई राष्ट्रिय शक्ति बनाउने अभियानमा घर फर्किएको समेत बताउनु भएको छ । उहाँले प्रचण्ड र माधव नेपाललाई लक्षित गर्दै ज्येष्ठ नागरिक आश्रम बनाएको भन्दै कटाक्ष समेत गर्नुभएको छ । उहाँले भीम रावललाई समेत संकत गर्दै छैटौँ वरीयता पाएपछि कुदेको टिप्पणी गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0