Prithvi Post

३ मंसिर २०८२, मंगलवार

विज्ञान पढेर होइन, गरेर सिकिन्छ भन्ने अभियानलाई जीवन्त बनाउँदै एभरेस्ट स्कुलले विज्ञान तथा प्रविधि सम्बन्धी विशेष कारखाना प्रदर्शनी सम्पन्न गरेको छ।

प्रदर्शनीमा कक्षा ४ र ५ का विद्यार्थीहरूले आफ्ना सिर्जनात्मक मोडेलहरू र दैनिक जीवनसँग सम्बन्धित यन्त्रहरू प्रस्तुत गरे। सौर्य प्रणालीका मोडेल, सौर्य ऊर्जाबाट चल्ने उपकरण र विभिन्न सरल यन्त्रहरू प्रदर्शनीका मुख्य आकर्षण थिए।

अभिभावकहरूको उत्साहजनक सहभागिताले कार्यक्रमलाई अझ सार्थक र उत्साहपूर्ण बनायो। उनीहरूले विद्यार्थीहरूको सिर्जनशीलता र ज्ञानको प्रशंसा गर्दै उत्सुकतापूक जिज्ञासा राखेका थिए। यसबाट स्पष्ट हुन्छ कि विद्यार्थीहरूलाई आफ्ना अभिभावक तथा अतिथिहरू सामु आफ्नो सिर्जना प्रस्तुत गर्ने अवसरले आत्मविश्वास र अभिव्यक्तिको क्षमता विकासमा ठूलो योगदान पुर्‍याउँछ।

कार्यक्रमको उद्घाटन गर्दै विद्यालयका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले विज्ञान र अनुसन्धान विना राष्ट्रको विकास असम्भव भएको बताउनुभयो।वहाँले यस प्रकारका प्रदर्शनीहरूले विद्यार्थीहरूमा विज्ञानप्रतिको रुचि बढाउने र भविष्यका वैज्ञानिकहरू तयार गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उक्त प्रदर्शनीमा ४० वटा सामाग्रीहरू प्रदषित थिए। त्यस प्रदर्शनीको लागि कक्षा ४ र ५ का सम्पूर्ण शिक्षकहरु तथा विज्ञान शिक्षकको महत्वपूर्ण योगदान रह्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।