Prithvi Post

३ मंसिर २०८२, मंगलवार

भक्तपुर–२, मिबाछेंस्थित एभरेस्ट स्कुलले संयुक्त अधिराज्य (यूके) का एभरेस्ट लर्निङ पार्टनर डि–जी स्कुल को सहकार्यमा “कम्प्युटर सिकाइका लागि डि–जी स्कुल” भन्ने नारासहित एक सूचना प्रविधि प्रदर्शनी सम्पन्न गरेको छ। यस प्रदर्शनीको मुख्य उद्देश्य विद्यार्थीहरूमा कम्प्युटरसम्बन्धी व्यवहारिक ज्ञान, सिर्जनशील सोच र नवप्रवर्तन प्रवर्द्धन गर्नु रहेको विद्यालयले जनाएको छ। डिजी स्कुल प्रविधिमा आधारित कम्प्युटर शिक्षाको क्षेत्रमा अग्रणी संस्था हो, जसले नेपालभरका विद्यालय र कलेजका विद्यार्थीहरूलाई संयुक्त अधिराज्य (यूके) स्तर र ढांचामा आधारित कम्प्युटर पाठ्यक्रम र ई–लर्निङ अवसरहरू प्रदान गर्दै आएको छ। यस संस्थाले विद्यार्थीहरूलाई रोचक र अन्तरक्रियात्मक ब्रिटिस पाठ्यक्रममार्फत डिजिटल साक्षरता, प्रविधि दक्षता र भविष्यमुखी सीप विकासमा योगदान पुर्‍याउँदै आएको छ।

विद्यालयले आजको युग सूचना प्रविधिबाट निर्देशित रहेको र विद्यार्थीहरूलाई पुस्तकमा सीमित नराखी प्रयोगात्मक शिक्षातर्फ उन्मुख गराउन यस्ता प्रदर्शनीहरू आवश्यक रहेको उल्लेख गरेको छ। कम्प्युटर, इन्टरनेट, कृत्रिम बौद्धिकता (AI) र आधुनिक प्रविधिको प्रयोगले शिक्षामा नयाँ आयाम थपिरहेको सन्दर्भमा विद्यार्थीहरूले आफ्ना सिर्जनात्मक मोडेलहरू प्रदर्शन गरेका थिए।

प्रदर्शनीमा कक्षा ६ देखि ७  का विद्यार्थीहरूले दैनिक जीवनसँग सम्बन्धित नयाँ एप्लिकेशनहरू, सूचना प्रविधिसम्बन्धी बाल सुलव डिजाइन/आविस्कार, साइबर सुरक्षा र कृत्रिम बौद्धिकता सम्बन्धी परियोजनाहरू प्रस्तुत गरेका थिए।   अभिभावकहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई अझ आकर्षक बनाएको थियो। उनीहरूले विद्यार्थीहरूको सिर्जनशीलता, व्यवहारिक ज्ञान र आत्मविश्वासप्रति प्रसंसा व्यक्त गर्दै विद्यालयको प्रयासलाई सराहना गरे।

कार्यक्रमको उद्घाटन गर्दै विद्यालयका संस्थापक–प्रिन्सिपल भक्त राजभण्डारीले सूचना र प्रविधिको विकास बिना राष्ट्रको विकास सम्भव नभएको उल्लेख गर्दै कृत्रिम बौद्धिकताको प्रयोग र यसको महत्वबारे प्रकाश पार्नुभयो।

उहाँले भन्नुभयो, अवको युग सूचना प्रविधिको र कृत्रिम बौद्धिकता (AI) को भएकोले आजका नानीहरुको शिक्षा पनि सोही अनुरुप हुनुपर्ने  बताउनुभयो। यस्ता प्रदर्शनीले नानीहरूमा रहेको  रुची र प्रविधिको प्रयोमा सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

प्रदर्शनीमा २० वटा कम्प्युटर तथा सूचना प्रविधिको सम्बन्धी सामग्रीहरू प्रदर्शनमा राखिएका थिए। कार्यक्रमको सफल सञ्चालनका लागि विद्यालयका कम्प्युटर तथा सूचना प्रविधि शिक्षक, कर्मचारी र विद्यार्थीहरूको सक्रिय भूमिकारहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।