काठमाडैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले संविधानलाई घाइते बनाएर बर्तमान सरकार गठन भएको बताउनु भएको छ उहाँले विघटित प्रतिनिधिसभाका सदस्यहरूसँग एमालेको केन्द्रीय कार्यालय च्यासलमा भएको छलफलका क्रममा सो कुरा बताउनु भएको हो । उहाँले वर्तमान प्रधानमन्त्री सुशिला कार्की प्रतिनिधिसभा सदस्य पनि नभएको र संविधान संशोधन गरेर पनि नबनेको भन्दै सरकार असंवैधानिक रहेको दाबी गर्नुएको छ।
उहाँले ‘हाम्रा लागि अहिलेको सरकार कुनै संविधानले नचिलेनेका सरकार, संविधान घायल बनाएर खडा भएको सरकार भएको दाबी गर्नुभएको छ । उहाँले वास्तवमा संविधानले प्रधानमन्त्री नियुक्तिका लागि प्रतिनिधिसभाको सदस्य अनिवार्य भएको हुनु पर्ने तर अहिलेको प्रधानमन्त्री प्रतिनिधिसभा सदस्य पनि होइन र उहाँले संविधान संशोधन गरेर पनि गरिएको नभएको्संविधानले उहाँलाई नचिन्ने बताउनु भएको छ । उहाँले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै त्यसलाई पुनर्स्थापना गरेर मात्रै मुलुकलाई सहि दिशामा अघि बढाउन सकिने जिकिर समेत गर्नुभएको छ ।
‘संविधानले नचिन्ने प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको अवस्था छ । यो असंवैधानिक छ । सर्वोच्च अदालतको विगतको भर्टिकका आधारमा पनि पुनर्स्थापना अपरिहार्य छ । पुनर्स्थापनाबाटै मुलुकलाई सहि दिशामा अघि बढाउन सकिन्छ भन्ने मत हाम्रो पार्टीको छ,’ पोखरेलले भन्नु भएको छ ।
उहाँले २३ र २४ गतेको दुवै दिनको घटनामा सुनियोजित षडयन्त्र नै रहेछ भन्ने अहिले प्रमाणित हुँदै आएको पनि बताउनु भएको छ । अर्कोतर्फ आन्दोलनमा आह्वानकर्ताले स्कुल ड्रेसमा किन आउन आह्वान गरे, र तीनै व्यक्तिमाथि किन प्रहार भयो भन्ने पनि रहस्य छ,’ पोखरेलको भनाइ रहेको छ । अहिलेको सरकार राजनीतिक दलहरूसँग खुलेर संवाद गर्न समेत तयार नभएको भन्दै आपत्ति जनाउनु भएको छ । उहाले ‘यो सरकार राजनीतिक दलसँग खुलेर संवाद पनि गर्न तयार छैन ।
राजनीतिक दलका नेताहरूसँग भेट्न पनि मन छैन भन्ने यो सरकार द्वन्द्व व्यवस्थापनको नैतिक जिम्मेवारी लिन सकिन्छ र रु,’ पोखरेलको आरोप छ, ‘यो सरकार द्वन्द्व बढाउनेतिर लागेको देखिन्छ । यो सरकारले मुलुकलाई प्रतिगमनतर्फ बढाउन सुनियोजित ढंगले अघि बढेको छ । हामीले प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्छ भन्ने निष्कर्ष निकालेका छौं ।’