Prithvi Post

७ मंसिर २०८२, शनिबार

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक शनिबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बोलाएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ । असोज २८ गते शुरु भएको कांग्रेस केन्द्रीय कार्य समिति बैठक महाधिवेशनको विषयलाई लिएर एक महिनाभन्दा लामो समयदेखि अनिर्णित छ।

इतरपक्ष पुस महिनाभित्रै नियमित वा विषेश महाधिवेशन गर्नुपर्ने अडानमा छ भने संस्थापन पक्षले निर्वाचनअघि महाधिवेशन गर्न नसकिने बताउँदै आएको छ । यो बीचमा उपचारका लागि सिंगापुर पुगेर फर्किएका पार्टी सभापति शेरबहादुर देउवा फेरि सक्रिय बनेका छन्। असोजमा केन्द्रीय समितिको बैठक शुरु गर्दै देउवाले आफू अब सक्रिय नरहने भन्दै कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएका थिए ।

यो बैठकले पनि महाधिवेशनबारे निर्णय गर्ने सम्भावना न्यून रहेको बताइएको छ । यद्यपि यो बीचमा कांग्रेस नेताहरु सहमतिका लागि दौडधुप चलाइरहेका छन् । शनिबारको बैठकले आगामी निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने लगायतका निर्णय गर्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0