Prithvi Post

७ मंसिर २०८२, शनिबार

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक महाधिवशेनबारे कुनै निर्णय नगरी सकिएको छ । शनिबार सानेपामा बसेको बैठक महाधिवेशनबारे कुनै निर्णय नगरी सकिएको बताइएको छ । सो बैठकले २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने निर्णय गरिएको महामन्त्री गगनकुमार थापाले बैठकका निर्णयहरू पढेर सुनाउनु भएको थियो ।,

‘एकै चोटि सबै विषयमा निर्णय गरौं नै भन्ने प्रयास थियो । सवै विषयमा निर्णय नहुन सकेता पनि केही हाम्रा राष्ट्रिय राजनीतिका बारेमा निर्णय गरेका उहाँले बताउनु भएको छ । उहाँले अर्को बैठकमा बाँकी रहेका विषयहरू टुंग्याइने बताउनु भएको छ । २०८२ साल माघ ११ गते आइतबारदेखि हुने राष्ट्रियसभा सदस्य निर्वाचन र २०८२ साल फागुन २१ गते बिहिबारका दिन हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि नेपाली कांग्रेसलाई निर्वाचन आयोगमा तत्काल दर्ता गर्ने निर्णय गरिएको महामन्त्री थापाले बताउनु भएको छ ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0