Prithvi Post

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयको भारी बोकेर अब प्रधानमन्त्री हिडन नसक्ने बताउनु भएको छ । उहाँले विश्वविद्यालयको भारी नबोकी विश्वविद्यालयलाई स्वायत्त बनाउने समेत बताउनु भएको छ । त्रिभुवन विश्वविद्यालयको सभामा प्रधानमन्त्री कार्कीले एउटा प्रधानमन्त्रीले सबै विश्वविद्यालयको भारी बोकेर हिंड्न नसक्ने बताउनु भएको हो ।

उहाँले ‘एउटै प्रधानमन्त्रीले सारा डोकोभरी भारी बोकेर हिंड्न सकिंदैन । स्वायत्तताको कुरा आइरहेको छ, हुनुपर्छ भन्ने लागेको छ’, उनले भनिन् । विज्ञ मार्फत नै कुलपति चयन गर्नु उपयुक्त हुने बताउनु भएको छ । १९ वटा विश्वविद्यालयमा कुलपति प्रधानमन्त्री हुने भएकाले एउटा व्यक्तिले कसरी साध्य हुन्छ ? कुलपति विज्ञमार्फत होस्, सभाले खोजोस्’ ‘पोलिटिकल कारणले कहिले सभा नहुने ।

यो कारण भएन । विश्वविद्यालयले आफ्नो कार्यक्रम आफैं बनाउन पाउनुपर्छ । आफैं आर्जन गर्नुपर्छ । तर सरकारले हेर्नुपर्छ, अनुदानमा सरकारले मद्दत गर्नुपर्ने उहाँले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0