Prithvi Post

काठमाडौँ । नेकपा एमालेले एघारौँ राष्ट्रिय महाधिवेशनमा सहभागिताका लागि घरदैलोमा पुगेर निमन्त्रणा दिने कार्य सुरु गरेको जनाइएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले अभियान थालनी गर्दै बुधबार बिहान काठमाडौँ–२ अन्तर्गत वीरेन्द्र चोक, काँडाघारी क्षेत्रबाट पुगेर जनतासँग भेटघाट गर्नुभएको बताइएको छ । यो कार्यको संयोजन पोलिटब्युरो सदस्य तथा पूर्वसञ्चारमन्त्री पार्वत गुरुङले गर्नुभएको थियो । घरदैलो कार्यक्रममा पार्टीका केन्द्रीय नेताहरूका साथै बागमती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल लगायतका नेताहरू सहभागी छन् । एमालेको एघारौँ राष्ट्रिय महाधिवेशन मंसिर २७ बाट काठमाडौंमा शुरु हुँदै छ । महाधिवेशनमा ३ लाख बढीको सहभागिता जुटाउने एमालेले तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0