Prithvi Post

काठमाडौं । नव टाकुरा बचत तथा ऋण सहकारी संस्था र कमलादी टोल सुधार समितिको सहकार्यमा सरसफाई अभियान सुरु गरिएको छ । सो अभियान अन्र्तगत सफा काठमाडौं कार्यक्रम समेतको आयोजना गरि सम्पन्न भएको बताइएको छ । सफा काठमाडौं नव टाकुरा साकोस अभियान अन्र्तगत विहिबार ‘काठमाडौं सफा राखौ’ भन्ने नारा र उदेश्य सहित डस्वीन लगायत अन्य सामाग्रीहरु वितरण गरिएको छ ।

सो सामान वितरण कार्यक्रममा नव टाकुरा बचत तथा ऋण सहकारी संस्थाबाट सूर्यप्रसाद चौलागाईको नेतृत्वमा संस्थाका अन्य पदाधिकारीण्ण्, कमलादी टोल सुधार समितिका अध्यक्ष प्रदीप जोन्छे, स्थानीय बासिन्दा, स्थानीय व्यवसायी व्यापारी र आरसिटी क्लवका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ सहितका पदाधिकारीहरुको सहभागीता रहेको थियो । सो सामाग्रीबाट कुल २ सय पसलहरुलाई लाभ पुगेको कार्यक्रम संयोजक सूर्यप्रसाद चौलागाईले बताउनु भएको छ । अर्को कार्यक्रम पुस ५ गते नव टाकुरा बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा जमल कमलादीमा रक्तदान कार्यक्रम समेत राखिएको बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0